चेल्सीलाई हराउँदै बार्सिलोना क्वाटरफाइलनमा, मेस्सीले पुर्‍याए १०० गोल

  • १ चैत्र २०७४, बिहीबार
  • 1951 पटक पढिएको

 

१ चैत । चेल्सीलाई ३-० हराउँदै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा विजयी भएर बार्सिलोनाले क्वाटरफाइनलमा स्थानमात्र बनाएन लियोनल मेस्सीले १ सय गोलको रेकर्ड पनि पूरा गरे ।पहिलो लेगमा १-१ को बराबरी खेलेको बार्सिलोना समग्रमा ४-१ ले विजयी बन्यो । नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै मेस्सीको गोलबाट अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा डेम्बेलेले गोल गरे । खेलको ६३ औं मिनेटमा मेस्सीले दोेस्रो गोल गरेपछि बार्सिलोनाले ३-० को जित निकाल्यो ।घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेस्सीले दुई गोल गरे । यस्तै डेम्बेलेले थप एक गोल गरे ।

चेल्सीका मार्कोस एलोन्सोको प्रहार बारमा लागेको थियो भने उनकै एक पेनाल्टी अपील अस्वीकार भएको थियो ।यसअघि च्याम्पिन्स लिगमा एक सय गोल गरेको रेकर्ड रोनाल्डोको नाममा थियो । अब मेस्सीले पनि रोनाल्डोसँग बराबरी गरेका छन् । मेस्सीले १२३ खेलमा १०० गोल पूरा गरेका हुन् । रोनाल्डोले १४४ खेलबाट १०० गोल पुर्याएका थिए ।

यसैगरी बुधबार राति भएको अर्को खेलमा बेसिक्टासलाई ३-१ ले हराउादै वायर्न म्युनिखले पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

source: onlinekhaber.com