छोराको जन्मदिनमा विद्यार्थीलाई शैक्षिक साम्रागी

  • ३० फाल्गुन २०७४, बुधबार
  • 1279 पटक पढिएको

म्याग्दी, ३० फागुन । म्याग्दीकोे रघुगंगा गाउँपालिका–३ पिप्ले स्थायी घरभई हाल अमेरिकामा रहेका एक दम्पत्तीले छोराको जन्मिदिनको अवसरमा गाउँमा रहेको सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गरेका छन् । रघुगंगा मावि पिप्लेमा अध्ययरत बाल विकास देखी २ कक्षासम्म विद्यार्थीलाई स्टेशनरी सहित शैक्षिक साम्रागी वितरण गरिएको छ ।

अमेरिकामा रहेका किशोर शर्मा र सुमुन्द्र शर्माले सुपुत्र सुप्रिम शर्माको प्रथम बार्षिक जन्मोत्सवको अवसरमा सहयोग गरेको विद्यालयले जनाएको छ । विगतमा समेत गाउँका सामाजिक कार्यमा सहयोग गर्ने गरेका शर्मा दम्पत्तीले छोराको जन्मदिनमा गाउँमा रहेका बालबालिकालाई शैक्षिक साम्रागी सहयोग गरी मनाएको बताए । ’भविस्यमा पनि बालबालिकालाई सहयोग गर्ने बताएका छन् ।