‘म्याग्दी मिडिया सोसाईटी’ गठन

  • ३० फाल्गुन २०७४, बुधबार
  • 2096 पटक पढिएको

म्याग्दी, ३० फागुन । म्याग्दीमा क्रियाशिल रुपमा सञ्चालनमा रहेका छापा, विद्युतिय र अनलाईन सञ्चार माध्ययमको सञ्चालकहरुले म्याग्दी मिडिया सोसाईटी गठन गरेका छन् । बुधवार बेनीमा भएको जिल्लामा क्रियाशिल रुपमा सञ्चालित सञ्चार माध्ययमका प्रतिनिधिहरुको भेलाबाट रिखार दैनिकका प्रकाशक÷सम्पादक गोपाल छन्त्यालको अध्यक्षतामा ‘म्याग्दी मिडिया सोसाईटी’ गठन गरिएको हो ।

जिल्लामा क्रियाशिल रुपमा रहेका सञ्चार माध्ययमको सबलीकरण र संस्थागत विकासको लागि सामुहिक रुपमा पहल गर्ने उदेश्यले जिल्लामा क्रियाशिल सबै सञ्चार माध्ययमका प्रतिनिधिहरुलाई समावेश गरि मिडिया सोसाईटी गठन गरिएको जनाईएको छ ।
सो भेलाले म्याग्दी मिडिया सेन्टरको उपाध्यक्षमा समृद्ध साप्ताहिकका कमल खत्री, सचिबमा म्याग्दीकालि एफएमका अमित विश्वकर्मा र कोषाध्यक्षमा नवविकल्प साप्ताहिकका ठाकुर प्रसाद आचार्यलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा म्याग्दी सञ्चारका सुदर्शन कुमार श्रेष्ठ, बेनी साप्ताहिककी सावित्री सुवेदी, बेनी अनलाईनका हरिकृष्ण गौतम, म्याग्दी अनलाईनका धिरन खत्री, गलेश्वर अनलाईनका निर्मल खत्री, नवविकल्प अनलाईनका सन्तोष गौतम, पश्चिम म्याग्दी अनलाईनका साधन राम्जाली, रेडियो म्याग्दीका राकेश शर्मा र रुप्से दैनिकका प्रतिनिधिलाई चयन गरेको छ । त्यस्तै सो भेलाले सोसाईटीको सल्लाहकारमा नेपाल पत्रकार महासंघ म्याग्दीलाई राखिएको जनाएको छ ।