म्याग्दी क्याम्पसमा स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न

  • ३० फाल्गुन २०७४, बुधबार
  • 1901 पटक पढिएको

म्याग्दी, ३० फागुन । म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको म्याग्दी बहुमुखि म्पसमा स्वतन्त्र विद्यार्थि युनियन ( स्ववियूले ) विद्यार्थि हरुलाई स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न गरेको छ । व्यवस्थापन, मानविकि र शिक्षा संकायका पहिलो बर्ष र दश प्लस एक जोडका विद्यार्थिहरुलाई स्वागत तथा व्यवस्थापन र शिक्षा संकायका चौथो वर्ष तथा मानविकि संकायका तेस्रो बर्षका विद्यार्थिहरुलाई एउटै कार्यक्रमको समारोहमा सम्मान तथा विदाई गरीएको हो ।

कार्यक्रममा बोल्दै म्याग्दी बहुमुखि क्याम्पसका अध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दी क्याम्पस अब पुर्ण रुपमा सिष्टममा चल्ने बताउनु भयो । प्रध्यापक हरुलाई राम्रो तथा गुणस्तरिय शिक्षा प्रदान गर्न र विद्यार्थि हरुलाई ढुक्क सँग आफ्नो अनुशासनमा रहि अध्ययन गर्ने सुवेदीले सुझाव दिनु भयो । सोही कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख टिकाराम सापकोटाले म्याग्दी क्याम्पस सबैको साझा फुलबारी भएको भन्दै क्याम्पस राम्रो बनाउने कुरा प्रध्यापक, अभिभावक, विद्यार्थि तथा सबैको दायित्व रहेको बताउनु भयो ।

सोहि कार्यक्रममा बोल्दै अनेरास्वयू केन्द्रीय सदस्य प्रकास पौडेलले म्याग्दी क्याम्पसमा स्नातकोत्तर पठन पाठपाठन सुरु भएको हुँदा यसलाई सफल बनाउन सबैले राम्रो भुमिका खेल्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै अनेरास्ववियू म्याग्दीका जिल्ला अध्यक्ष सुवास विश्कर्माले क्याम्पसमा टिउसन कलासको शुल्क महंगो भएको भन्दै स्ववियू सँग सल्लाह गरेर दर तोकिनु पर्ने र त्यस्तो खालको कुनै कार्य नभए अनेरास्ववियूले आन्दोलन अगाडि बढाउने बताउनु भयो ।

स्ववियू सभापति सावित्रा खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रध्यापक भोलानाथ घिमिरे, स्वागत हुने विद्यार्थिको प्रतिनिधित्व गर्दै सन्दिप शर्मा र सम्मान तथा विदाई हुने विद्यार्थीको प्रतिनिधित्व गर्दै खगेन्द्र घर्ती मगरले धन्यवाद मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन स्ववियु सचिव दर्पण रोका र स्वागत उपसभापति ईश्वर सुवेदीले गरेका थिए ।