प्यास नमेटिएको काव्य यात्रा (फाेटाे फिचर)

  • ३० फाल्गुन २०७४, बुधबार
  • 2921 पटक पढिएको

सन्दीप खत्री
नाकै ठोक्किने उकालो बाटो । फोहोरको एक टुक्रा समेत नभेटिने ढुङ्गा छपाएर बनाइएको सिँढीका खुड्िकलाहरु । सफा र चिटिक्क परेको पदमार्ग । सुनेको धेरै, केही पढेको, तस्विरमा नियालेको प्रिय घान्दु्रक गाउँलाई आखाँमा सजाउने चाहना कति कति तर अवसर जु¥यो “काव्य यात्रा घान्द्रुकको” मार्फत, २०७४ फागुन २४ गते । म्याग्दी साहित्य सञ्चार र अनेसास धौलागिरि कार्य समितिले उक्त यात्राको आयोजना गरेको थियो । त्यही यात्राको एक यात्री थिएँ, म । अनि मसँगै थिए ३० जना यात्रीहरु ।


“हेर्दा राम्रो घान्द्रुके गाउँ छ, बस्ने भए मायालु दिलमा ठाउँ छ’ । गायक तिलक बम मल्लको यो गीत सानैमा सुनेको हुँ । ३,४ वर्ष पहिले घोडेपानी हुँदै घान्द्रुकको यात्रा तय गरेका म्याग्दी र बागलुङका हामी पत्रकारको टोली घोडेपानीसम्म पुगेका थियौँ। तर २,३ दिनको लागातार झरीका कारण घान्द्रुक जाने चाहनालाई स्थगित गरेर बेनी फर्कीएका थियौँ । त्यही चाहना समेत यो यात्राले पूरा गर्दै थियो, त्यसैले पनि मन प्रफुल्लित थियो ।


नारी दिवसको अवसर पारेर काव्य यात्रा तय गरिएको थियो । २४ गते घान्द्रुक गएर वस्ने र सााहित्यिक कार्यक्रम गर्ने । २५ गते विहान घान्द्रुकको दृश्यालोकन गरेर बेनी फर्किने योेजना बेनेको थियो तर सधै बन्दको मार खेप्दै आएका, बन्दको बानी परेका हामी २५ र २६ गते नेपाल बन्दको त्रासले हामीलाई समेत छोडेन । २४ गते विहान गएर बेलुका फर्किने गरि जाने पक्षमा म थिईन । यद्यपी सबै साथीहरुको सल्लाह बमोजिम यात्रालाई एक दिनमा आएर टुङ्ग्याउने निर्णयमा म पनि राजी भएँ । हामीले जिल्लामा म्याग्दी साहित्य सञ्चारको स्थापना गरेसँगै विभिन्न नयाँ नयाँ साहित्यिक काम गर्ने प्रयत्न गरेका छौं । त्यही अभियान अन्तर्गतको एक थियो यो “काव्य यात्रा” ।


२५ गते विहान ६ बजे क्याम्पसचोकमा भेट हुने योजन बनेको थियो । पसलको पनि काम सक्नु पर्ने र अफिसको पनि । त्यसैले विहान ४ बजेबाट ६ बजेसम्म सबै काम सकेँ । त्यतिबेला नै म्याग्दी साहित्य सञ्चारकी आजिवन सदस्य रोजिना राई टुप्लुक्क आईपुग्नु भो । क्याम्पसचोक पुग्दा, म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घायलश्री, कोषाध्यक्ष हीरा शर्मा र अन्य साथीहरु यात्राको चाजो पाजो मिलाउँदै थिए । हाम्रो यात्रामा अग्रज साहित्यकार गणनाथ पौडेल, म्याग्दी साहित्य सञ्चारका संरक्षक चन्द्रबहादुर लामिछाने, अभिष्ट केसी, हिक्मत ढकाल, करुणा सुवेदी, सन्दीप रिजाल, मंगला कार्की, बन्दना पौडेल, सदिक्षा रिजाल लगायत माउन्ट एभरेष्ट आमावि र म्याग्दी क्याम्पसका बुलबुल पाठक समूहका साथीहरु र अन्य सर्जकहरु थिए । नेपाली समय न हो । विहान ७ बजेसम्म साथीहरु आउने क्रम जारी नै रह्यो । विहान ७ बजे गाडीका टायरहरु घान्द्रुकतर्फ गुड्न थाले ।


घायलश्रीले पारिवेनी पारगरे लगत्तै माईक निकालेर काव्य यात्राको सुरुवात गरे । उनका चोटिला मुक्तकसँगै काव्ययात्राको सुरु भयो । त्यसपछि गाडीमा भएका साथीहरुले पनि आफूसँग भएका कला प्रस्तुत गर्न थाले । कविता, गजल, मुक्तक, गीतको वर्षा नै हुन थाल्यो । मंगला, दीक्षा, करुणा, बन्दना, किरण लगायतका अरु साथीहरु अन्ताक्षरी खेल्न तम्सिए । त्यो क्रम लगभग नयाँ पुलसम्म नै चल्यो । पक्की सडकको अन्त्य नयाँ पुलसँगै भयो । विरेठाटीबाट कच्चीबाटोमा धूलो उडाउँदै गाडी हुईकियो । झोलुङ्गो हल्लेझैँ हल्लिएको थियो गाडी, झ्यालबाट देखिन्छन्, ठुल्ठूला पहाड, नजिकै बगिरहेछ मोदी खोला, पहाडका भित्तातिर हेर्दा मनै हर्ने छहरा । बाटोमा घान्द्रुकबाट फर्कदै गरेका विदेशी पैदलयात्रीहरु प्रशस्त भेटिए । म पनि ट्रेकिङ गर्न औधी रुचाउने मान्छे । यद्यपि त्यो दिन हामीले सडक मार्ग रोजेका थियौँ ।
झन्डै ११ बजेतिर गाडीले तिम्चे पु¥याएर झारिदियो । गाडिबाट झरेपछि सबै जना फोटो खिच्दै अगाडि बढे । म भने पारिपट्टि देखिने मनमोहक लान्द्रुक गाउँ र त्यहाँबाट देखिने मनमोहक दृश्यलाई क्यामेरामा कैद गर्न थालेँ । त्यति गर्दा साथीहरु धेरै अगाडि पुगेछन् । तिम्चेबाट १०÷१५ मिनेट तेरपाए बाटो हिडेपछि घान्द्रुकको गेटले स्वागत ग¥यो । त्यसको केही माथि टेन्ट गाडिएको होटेल रहेछ । टेन्टमा एक रात विताउने इच्छा जाग्यो तर पुरा हुने सम्भावना पटक्कै थिएन । नाकै ठोक्किने उकालो भएपनि घान्द्रुक हेर्ने रहरले खुट्टाहरु जरवस्त उकालो चढिरहेका थिए । सुन्दर र सफा बाटोहरु, अनि प्रत्येक घरमा विभिन्न प्रजातिका फूलहरु लाग्थ्यो हामीलाई नै स्वागत गर्न बसिरहेका छन् । झन्डै १२ बजेमात्र खाना खाने ठाउँमा पुग्यौँ तर मन भने चिसो भो । घान्द्रुकका नव निर्मित सिमेन्टेड घर बाहेक अरु कुरा देख्न पाइएन । बादलले छपक्कै छोपिसकेको थियो । एकातिर चर्को घाम लागिरहेको थियो भने अर्कोतिर पानी पर्ला झँै गरि बादल मडारिएको थियो ।


खानापछि होटेलको छतबाट एकछिन गाउँ हे¥यौँ । बेलुका नै फर्कनु पर्ने भएकोले होटेलकी दिदीलाई छोटो समयमा त्यहाँ घुम्न लायक ठाउँको बारेमा सोधपुछ ग¥यौ । उनले पुरानो घान्द्रुक गाउँ, चिया बगान र मन्दिर घुम्न सुझाईन् । यति घुम्दा एक सर्किट पूरा हुँदो रहेछ । सोही अनुसारमा साढे १२ बजेतिर सपनाको गाउँ घान्द्रुक घुम्न लाग्याँै । त्यही दिन नारी दिवस भएकोले गाउँ भन्दा तल एउटा कार्यक्रमको आयोजना गरिएको रहेछ । त्यसैले पनि गाउँका अधिकांश मानिस देखिदैनथे । भेटिएका एकाध पनि कार्यक्रमतिर जाँदै थिए । गुरुङ ड्रेसमा सजिएर बाटोमा भेटिएका केही दिदी बहिनीहरुसँग हामीले पनि फोटो खिचायौँ । कार्यक्रममा जान हतार भएका कारण त्यति धेरै भलाकुसारी गर्न पाएनाँै ।

 


पुरानो घान्द्रुक गाउँ पुगेपछि भने आनन्द आयो । विभिन्न आकृतिहरु कुदिएका झ्याल र ढोकाहरु । पुराना शैलीका घरका आकारहरु मनमोहक लागे । पालि काटिएका घरहरु । त्यसमा मकैका झोता झुन्डाइएका दृष्यहरु सम्झन लायक छन् । त्यहाँ रहेको म्युजियम हेर्ने रहर भने पूरा भएन । त्यसपछिको यात्रा चिया बगान तिर सोझियो । वीचबाटोमा चौतारी रहेछ । त्यहीँ रोकिएर परिचयात्मक साहित्यिक कार्यक्रम ग¥यौ ।

कार्यक्रमको आधाआधि हुने बेलामा मनिषा सुवेदी चक्कर लागेर लडेपछि कार्यक्रम केही समयका लागि स्थगित गर्नु प¥यो । यात्रा चिया वगानतिर बढाउने कि फर्किने भन्ने छलफल पछि चिया बगानतिरै जाने निष्कर्ष पुग्यौँे । बादलले पुरै आकाश छपक्कै ढाकिसकेको थियो । लाग्थ्यो पानी अटस मटस भएर चुहिन मात्र बाँकी छ । यद्यपि हामीले यात्रा जारी राख्यौँ ।


चट्ट मिलाएर सिँढी चिनेर रेलिङ हालि बनाएको मनमोहक उकालो बाटो । त्यो बाटो पार गरेपछि सानो चिटिक्क परेको चिया वगान रहेछ । धेरै साथीहरुले चिया वगान पहिलो पटक देख्दै थिए । सबैले धित मरुन्जेल त्यहाँ फोटो खिचे । बगानको शिरमा एउटा मन्दिर । जुन निकै आकर्षक थियो । यति गर्दा पानी फाट्ट फुट्ट पर्न थालेकोे थियो । त्यसैले सबैजना अघि अघि दर्गुन थाले । सन्दीप रिजाल, रोजिना क्षेत्री, गणनाथ पौडेल म भने अन्तिममा नै भयाँ भने, चन्द्रबहादुर लामिछाने सर सबै भन्दा अगाडि । उमेरले पनि अलि बृद्ध भएको कारण गणनाथ गुरुलाई हिड्न अलि असहज भएको थियो । गाउँमाथिको भ्यू प्वाईन्टमा आईसक्दा पानीको डरले कसैलाई नपर्खी सवैजना अगाडि गईसकेका रहेछन् । त्यहाँबाट गाउँको फोटो खिच्ने ठूलो रहर थियो तर कुइरोले सबै चाहना तुहियो र पनि अलिअलि घरहरु देखिए । यी सबै कुराको बाबजुद पनि समुन्द्र सतहदेखि एक हजार नौ सयको उचाईमा रहेको घान्द्रुक गाउँ वास्तवमै एउटा स्वर्गको टुक्रा हो भन्न अत्युक्ति नहोला ।
घडीले झन्डै तीन बजाउन आटेको थियो । सबैजना अगाडि गएका कारण हामी पनि गाउँतर्फ ओरालो झर्न थाल्यौँ । ओराली हिड्दै गर्दा एकै पटक पानी ठूलै प¥यो । विदेशी पर्यटकहरु रुझ्दै उकालो चढिरहेका थिए । हामी जस्तै थुप्रै आन्तरिक पर्यटकहरु पनि भेटिए । गाउँमा एकछिन भलाकुसारी गरि फर्कने मन थियो तर पानीले योजना विफल भयो । पानी दर्कन थालेपनि क्यामेरालाई प्लाष्टिकले सुरक्षित गरि ओरालो लागियो । घान्दु्रकका दृश्यहरुले पटक्कै प्यास मेटिएको थिएन र पनि बाध्य थियौँ मन बुझाउँनलाई ।


जुनसुकै ठाउँमा पुग्दा सबैभन्दा पहिले हिमाल हेर्न चाहने म घान्द्रुकबाट पनि हिमाल नहेरी बेनी फर्किनु प¥यो । रातमा क्याम्प फायर गर्ने लम्जुङ हिमाल, माछापुछ्रे, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्ण हिमालहरु घान्द्रुकको नजिकैबाट नियाल्ने, गुरुङ कल्चर हेर्ने सबै चाहना अधुरा भए । गाडीसम्म आउँदा पानीले पुरै भिजाएको थियो । धन्न मैले भने ज्याकेट गाडीमै राखेको थिएँ र अलि न्यानो भो । अधुरा प्यासहरु मेट्नका लागि पुनः घान्द्रुकमा आउने बाचा सहित मनभरि घान्द्रुकको सम्झना साँचेर झमझम परिरहेको पानी र कुहिरोलाई छिचोल्दै गाडी हुइकियो । साथीहरु दोहोरी गाउँदै थिए, कोही दिनभरीको यात्राबारे भलाकुसारी गर्दै थिए । उसो त म घुम्नका लागि निकै लालायित हुने मान्छे । घान्द्रुकको मौसम नखुलेर घान्द्रुकले फेरि बोलाउने योजना बनाएको आभाष भयो । त्यसैले घान्द्रुकमा पूरा नभएको प्यास पुरा गर्न कहिले आउने ? भनेर योजना बनाउँदै बेनीतिर मोडिएँ…………………।