स्वर्गिय आफन्तको सम्झनामा जिल्ला अस्पतालमा सहयोग

  • ३० फाल्गुन २०७४, बुधबार
  • धिरन खत्री
  • 2284 पटक पढिएको


बेनी, ३० फागुन । रघुगंगा गाउँपालिका २ सिजलगाउँका हाल सदरमुकाम बेनी बस्दै आएका राजु भण्डारीको परिवारले स्वर्गिय आमाको ४५ औ दिनको पुण्यतिथिमा जिल्ला अस्पतालमा विभिन्न उपकरण सहयोग गरेका छन् । स्वर्गिय आमा चन्द्रकुमारी भण्डारीको सम्झनामा परिवारले अस्पतालमा अक्सिजन सिलिण्डर, नेवुलाईजर मेसिन र अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरेका हुन् ।

स्वर्गिय आमो सम्झनामा छोरा बुहारी राजु÷ अनीता भण्डारी, छोरी÷ज्वाईहरु जुना÷ हिरा जि.सि, माया÷ धन पाण्डे, कल्पना ÷ कृष्ण बरुवालले सो सामान जिल्ला अस्पतालका निर्मित डा. भुषणकुमार सुवेदी लगायतको टिमलार्ई हस्तान्तण गरेका थिए ।  सो सहयोग बुझ्दै डा. भुषणकुमार सुवेदीले स्वर्गिय आफन्तकोे सम्झनामा गरिएको सहयोगले अस्पताल उपचारत विरामीलाई सहयोग पुग्ने बताउदै परिवारलाई धन्यवाद दिएका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l