मुक्तिधाम माविले ग¥र्यो एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थिलाई विदाई

  • २९ फाल्गुन २०७४, मंगलवार
  • 2131 पटक पढिएको

म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयले आगामी चैत्र ८ गतेदेखि सुरु हुन लागेको कक्षा १० को एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाई गरेको छ ।

मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीहरुले एसइइ परिक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई सफलताको शुभकामना सहित विदाई गरेका हुन् । यस बर्ष विद्यालयबाट १०४ जना विद्यार्थीहरु एसइइ परिक्षामा सामेल हुँदै छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र बहादुर मल्ल र प्रधानध्यापक अमर केसीले विद्यार्थीहरुलाई उच्च मनोवलका साथ परिक्षामा सहभागी हुन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शिक्षक भगवान खत्री, विद्यार्थी प्रशान्त भण्डारी र अनुपम केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विविध साँस्कृतिक कार्यक्रम सहित सञ्चालन भएको कार्यक्रममा विद्यालयकै कक्षा १२ मा अध्ययनरत भई प्रावि तहमा अभ्यास शिक्षणमा रहेका विद्यार्थी शिक्षकहरुलाई समेत विदाई गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मल्लको अध्यक्षता र शिक्षक विष्णु प्रसाद रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।