असिनाले खेतीबालीमा क्षत्ती

  • २९ फाल्गुन २०७४, मंगलवार
  • 1786 पटक पढिएको

बेनी २९ फागुन । सोमबार दिउँसो बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा क्षत्ती पु¥याएको छ । बेनी नगरपालीका, रघुगंगा गाउँपालीका र जलजला गाउँपालीकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षत्ती पु¥याएको हो । दिउँसो तिन बजेपछि बर्षासंगै असीना परेको थियो ।

भित्र्याउने बेला भएको गहुँ, जौ, उम्रिदै गरेको आलु, तरकारीबालीमा असीनाले पिटेर नष्ट गरेपछि कृषकहरु निराश बनेका जलजला १ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले बताउनुभयो । बाँसखर्क, लेकफाँट, माझफाँट, शालीजा, पिप्ले, घतान, अर्थुङगे लगायत बेनी आसपासका क्षेत्रमा बाक्लो असीना परेको थियो ।

हिउँदभरीको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा असीना पानीले नष्ट गरेपछि कृषी उपजको उत्पादनमा नकारात्मक असर पर्ने बाँसखर्कका श्याम अर्मजाले बताउनुभयो । कृषकहरुले क्षत्तीको मूल्याङकन गरी राहतको व्यवस्था गर्न माग गरेका छन् ।