यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो

  • २८ फाल्गुन २०७४, सोमबार
  • 235 पटक पढिएको

२८ फागुन, काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।मृतकको संख्या बढ्नसक्छ ।घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।