मोना कतारको १५औ वार्षिकोत्सव तथा तेस्रो विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

  • २८ फाल्गुन २०७४, सोमबार
  • 1929 पटक पढिएको

कुमार अविरल पन्थी, कतार । मोना कतारको १५औ वार्षिक उत्सव तथा तेस्रो विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कतारको नज्मा स्थित शालिमार प्यालेस होटलको सभा हलमा सव्य एवं भव्य रूपमा सम्पन्न भएको हो । विगतका वर्षहरुमा नेपाली कलारकारको उपस्थितिमा कार्यक्रम आयोजना गर्दै आएको समाजले यसवर्ष पनि सो कार्यलाई निरन्तरता दिएको हो ।

प्रवासी म्याग्देली दृष्टि सम्बृद्ध म्याग्दीको सृष्टि भन्ने मूल नाराका साथ सन् २००३ को मार्चमा प्रेम रसाइलीको अध्यक्षयतामा स्थापित संस्थाले मार्च महिनालाई उत्सवको रुपमा मनाउदै आइरहेको छ । कार्यक्रममा समाजका अध्यक्ष रमेश पौडेलको सभापतित्व तथा म्याग्दि प्रवासि नेपालि संघ, अन्तराष्ट्रिय कार्यकारी समितिका सचिव बिक्रम कार्कि प्रमुख अतिथि रहेका थिए ।

म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष प्रेम रसाइली तथा केन्द्रिय सदस्य किरण शाही, एन.आर.एन.ए.आई.सिसि. सदस्य बिमल सुबेदी, समाजसेवी चानक पोखरेल, बसन्त फिल्म्स प्रा.लिका मेघ मोक्तान, राजाराम सुबेदी, खड्क पुर्जा, आकास रसाइली, सन् बहादुर घिमिरे, कृस्ण बराल, नारायण भण्डारी, सागर नेपाल, पुनम दाहाल, मोहमद मुक्तदा लगायत विशेष सहयोगी सस्थाका तर्फबाट गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, तनहु सेवा समाज कतारका सल्लाहकार तोयानाथ पौडेल, ठकुरी सहयोग सन्जालका उपाध्यक्ष सुमन चन्द, नेपाल दशनामी समाज कतारका वरिष्ठ उपाध्यक्ष पदम गिरि, विस्वकर्मा समाजका का.बा.अध्यक्ष गम सेन्चुरी लगायत बिभिन्न ब्यबसायी तथा समाजसेवी रहहेका थिए भने कतारमा स्थापित बिभिन्न जिल्ला तथा राजनीतिक सस्थाका सस्था प्रमुख तथा प्रतिनिधिहरु अतिथि रहेका थिए ।

विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा समाजका उपाध्यक्ष मिन बहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए । समाजका सल्लाहकार नरेन्द्र फगामीले सस्थाको पृष्ठभुमिको बारेमा बोलेका थिए । साँस्कृतिक कार्यक्रमको शुभारम्भमा लेख कार्कीले मुक्तक र गजल वाचन गरे भने देबेन्द्र गर्बुजाले जहाँ छन बुद्धका आँखा बोलको गित गएका थिए ।

त्यसैगरी नानू घलेले धान कुटे चामल कुटे पिठो हुनि, रेशम परियारले पन्चेबाजा – मनको माया खोजेकी थ्यौ कि, बागलुङ बजारमा बाघको सालिक, राम विश्वकर्माले दर्शन नमस्ते, शरद पान्डेले पन्चेबाजा – ओरालिमा वर, हावा चल्यो सरर डाडैको बर, अर्जुन रक पास्वानले बेहुला बनाउछु भन्थी बहुला बनाएर गइ, गोलो गोलो घेरो लगायतका गीतहरु गाएका थिए ।

कार्यक्रममा गोकुल बिक र गीता भुजेलले भन्छु आज मनका कुरा बोलको गितमा नृत्य प्रस्तुत गरे । साथै कविता नेपालीले उध्रेको चोलि, अन्जना सुनारले पछ्यौरिले बैँस छोप्छु बोलको गितमा नृत्य प्रस्तुत गरिन ।

नेपालबाट आमन्त्रित कलाकार रवि कार्कीले कमेडी प्रस्तुत गर्दै उपस्थित सबैलाई हसाए । गायक समेत रहेका कार्कीले बेनि बजारमा झर मायालु बोलको गित प्रस्तुत गरे । त्यस्तै मोडल तथा डान्सर रविना भन्डारीले कुटुमा कुटु सुपारी दाना, कम्मर माथि पटुकी, सलल मै बगि आउला माछी बनि छोपे है मायाले, झकास झापाली लगायतका गितमा नृत्य प्रस्तुत गरिन।

त्यसैगरी लोक गायक तथा संचारकर्मी अमीत विश्वकर्माले मत सानू तिम्रै पिरमा हुन्छु, जाउ हिड घुम्नलाइ सिङ्गा तातोपानी, डाडा पारि मायाको गाउँ छ, एकादशी डाडैमा बसि, बैँस हुदा भएन पैसा नि पैसा हुँदा गैसक्यो बैँस नि लगायतका गितहरु प्रस्तुत गरेका थिए । त्यस्तै लोक तथा दोहोरी गायिका लाली बुढाथोकीले मुसलधारे पानी पर्यो, सिरिरी डाडैको बतास, तिम्रै यादले दिनरात सता छ लगायतका गीतहरु गाइन ।

कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण सामाजिक सस्थाको तर्फबाट एन.आर.एन.ए.आई. सिसि. सदस्य बिमल सुवेदी, कार्यक्रमलाई सहयोग गर्ने सम्पुर्ण सस्थाको तर्फबाट अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, सम्पुर्ण साङ्गितिक सस्थाहरुको तर्फबाट कार्यक्रमको प्रायोजक रहेको बसन्त फिल्मस् प्रालिका प्रबन्ध निर्देशक ईश्वर काफ्ले र कार्यक्रमका प्रमुख अतिथि बिक्रम कार्कीले बोलेका थिए । सोही अवसरमा कार्यक्रमलाई सहयोग पुराउने विभिन्न व्यक्ति,संघ सस्था तथा कलाकारहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष रमेश पौडेलले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन आ-आफ्नो स्थानबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । त्यस्तै कार्यक्रमको अन्त्यमा प्रत्यक्ष दोहोरी समेत प्रस्तुत गरिएको कार्यक्रम सस्थाका वरिष्ठ उपाध्यक्ष तिलु शर्मा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

साभार :www.sajhanetwork.com