बेनीमा विद्यालय स्तरीय टेक्वान्डो प्रतियोगिता ( भिडियो सहित)

  • २४ फाल्गुन २०७४, बिहीबार
  • 3397 पटक पढिएको

म्याग्दी, २४ फागुन । बेनीमा विहिवारदेखि अन्तर विद्यालय स्तरीय टेक्वान्डो खेलको प्रतियोगिता सञ्चालन भएको छ । हालै सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजना गरिएको टेक्वान्डो खेलको प्रतियोगितालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।

विभिन्न १० विद्यालयका ११० जना विद्यार्थीहरु बिच गराईएको प्रतियोगितामा १५ समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । सो खेलको फाईनल शुक्रवार गरिने भएको छ । जिल्ला खेलकुद विकास समितिको मुल आयोजना र म्याग्दी टेक्वान्डो संघको आयोजनामा सञ्चालीत प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

समितिका सदस्य लेखनाथ शर्माको स्वागतमा सम्पन्न भएको प्रतियोगितामा उत्कृष्ट टेक्वान्डो खेलाडीका अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा लक्षमण शर्मा, सिता गर्वुजा, लाल बहादुर विक, दिपेन्द्र राई र टंक श्रेष्ठलाई सम्मान गरिएको टेक्वान्डो खेलका प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो ।