बेशीका लालिगुराँस (फोटो कथा)

  • २१ फाल्गुन २०७४, सोमबार
  • कमल खत्री
  • 3875 पटक पढिएको

म्याग्दी, २१ फागुन । चराचुरुङ्गीको सुमधुर चिरबिर संगित । भर्खरै पालुवा पलाउँदै गरेका बोटहरुले दिने मिठास हावा । फागुन महिनाको गर्मिलो याममा जंगल छेउछाउको यात्रा यिनै कारणले रमणीय हुन्छ ।  त्यसमा पनि लेकमा फुल्ने लालीगुराँसले जंगलनै राताम्मे बन्ने सुरसारमा छ । लेकमा लालिगुराँसले जंगलको जवानी फेरिदा बेशीमा रहेका जंगल पनि थरिथरिका फुलहरुले ढकमक्क बन्ने गरेका छन् । बेशीतिरका जंगल र खेतका फाँटहरु पनि यतिबेला राताम्मे फुलहरुले रंगीन बनेका छन् । बेशीका लालीगुराँसको रुपमा फँदेलो, सिमल, लालुपाते लगायतका राताम्मे फुलहरुले फाँटहरु ढकमक्क छन भने जंगलमा धाइरो लगायतका जंगली फुलहरुले लोभ्याउने गरेको छ ।

शब्द /तस्बिरः कमल खत्री, म्याग्दीअनलाईन

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l