म्याग्दीको माथिल्लो भेगमा हिमपात

  • २७ फाल्गुन २०७३, शुक्रबार
  • 4547 पटक पढिएको

म्याग्दी, २७ फागुन । म्याग्दीको माथिल्लो भेगमा हिमपात भएको छ । गयरातीदेखि बर्षासंगै गुर्जा लगायतका ठाउँहरुमा हिमपात भएको हो । जिल्ला सदरमुकाम बेनी देखि सबैभन्दा टाढाको दुरीमा रहेको गुर्जामा करिब आधा फिट सम्म हिमपात भएको गुर्जाका स्थानीय अगुवा झकबहादुर छन्त्यालले बताउनुभयो । 15662295
हिमपातले चिसो बढेपछि स्थानीयको जनजिवन प्रभावित बनेको छ । जिल्लाको लुलाङ गाबिसको देउरालीसंगै मुदी, कुईनेमंगले, चिमखोला लगायतका गाविसको माथिल्लो भेगमा समेत हिमपात भएको छ ।  यता पर्यटकीय क्षेत्र घोरेपानीमा समेत हिमपात भएको छ ।

भम्रणमा आएका पर्यटकहरु समेत हिमपात भएपछि खुसीयाली मनाएको घोरेपानी होटल व्यवसायि संघका अध्यक्ष जुनु पुनले बताउनुभयो । म्याग्दीको उच्च हिमलाी भेगमा यो बर्ष चार पटक सम्म हिमपात भएको छ ।  हिमपातले मानव र पशुपंक्षिहरुलाई चिसोको कारण कष्टकर हुने भएपनि आलु, मकै, सिमी लगायतका कृषि बालीको उत्पादन बढाउन सहयोग पुग्ने भएपछि कृषकहरु उत्साहित बनेका छन् । फाईल तस्बिर