न्यु जेनेरेशन युथ क्लवद्धारा आयोजित फागुपुर्णिमा मेला सम्पन्न : भलिबलमा आयोजक प्रथम

  • २० फाल्गुन २०७४, आईतवार
  • 2487 पटक पढिएको

म्याग्दी, २० फागुन । रघुगंगा गाउँपालिका २ सिजलगाउँमा न्यु जेनेरेशन युथ क्लवद्धारा फागुपुर्णिमाको अवसरमा आयोजित भलिबल महिला लठो तथा सास्कृति कार्यक्रम सम्पन्न भएको छ । भलिबल प्रतियोगितमा आयोजक प्रथम हुन सफल भएको छ । प्रतिस्पर्धात्मक रुपमा भएको भलिबल फाईनलमा भगवती युवा क्लवलाई २ का विरुद्ध ३ सेटले पछि पार्दै आयोजक न्यु जेनेरेशन युथ क्लव प्रथम हुन सफल भएको हो । सो प्रतियोगितमा विजेता उपविजेताले २५ हजार र १२ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

विच भलिबलमा आयोजकका दिनेश भण्डारी, विनोद भण्डारीको टिम प्रथम, सुरज भण्डारी र अमन जिसि दिप्तृय हुन सफल भएका थिए । सो प्रतियोगितमा विजेता र उपविजेताले ४ हजार २ परस्कार प्राप्त गरेका थिए । लठो प्रतियोगितामा दिदिबहिनी आमासमुह नागनागे प्रथम र प्रगतिशिल आमासमुह सिजलगाँउ दिप्तिय भएका थिए । सो प्रतियोगितामा विजेता र उपविजेताले नगद ७ हजार र ४ हजारसहित प्रमाण प्राप्त गरेका थिए । सो प्रतियोगितामा विजतो उपविजेतालाई कल्व अध्यक्ष अजुर्न भण्डारी, मेला आयोजक अध्यक्ष दिनेश भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए । सो कार्यक्रममा कल्व अध्यक्ष अर्जुन भण्डारीले क्लव भौतिक र आर्थिक सहयोग गर्ने सबैलार्ई धन्यवाद दिएका थिए ।


समापन कार्यक्रममा स्थानीय कलाकारले सास्कृतिक कार्यक्रम प्रस्तुतसंगै सचिव राम्जी भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।सो क्लवको लागि स्टेज तथा खेलमैदान निर्माणका लागि ४ लाख भन्दा बढी सहयोग संकलन भएको छ ।