आर्चरी प्रतियोगितामा दोभान बिजयी

  • २० फाल्गुन २०७४, आईतवार
  • 2297 पटक पढिएको

म्याग्दी २० फागुन । थकाली समुदायको महान पर्व तोरन्ल्हको अवसरमा आईतबार बेनीमा आर्चरी (घनुषवाण) प्रतियोगिता सम्पन्न भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र र थकाली युवा परिवारको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बेनीको दोभान आर्चरी कल्वको ए समूह प्रथम र बि समूह दितृय भएका छन् । छ समूह सहभागी प्रतियोगितामा थकाली सेवा समिति कुश्मा क्षेत्र तितृय भएको छ ।

प्रथम र दितृय हुने समूहले कप, मेडल र प्रमाणपत्र सहित ३५ हजार र बिस हजार रुपैया नगद पुरुस्कार प्राप्त गरेका छन् । दोभानका खेलाडी राज पुर्जालाई उत्कृष्ट खेलाडी र प्रवेश फगामीलाई सर्वोकृष्ट खोलकर्ताको रुपमा नगद दुई र तिन हजार सहित सम्मान गरिएको थियो । थकाली युवा परिवारका अध्यक्ष दिलीप शेरचनको अध्यक्षता, थकाली सेवा समिति बेनी क्षेत्रका सचिव सुन्दरमान शेरचनको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य गोपाल भट्टचनले र बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनले मन्तब्य व्यक्त गरेका थिए ।