म्याग्दीमा विद्यालय स्तरको खेलकुद महाकुम्भ सुरुः मन्त्रि थापाबाट उद्घाट्न (भिडियोसहित)

  • १६ फाल्गुन २०७४, बुधबार
  • धिरन खत्री
  • 3564 पटक पढिएको

म्याग्दी, १६ फागनु । म्याग्दीमा विद्यालय स्तरको खेलकुद महाकुम्भ मानिएको चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आजदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा १६ गते देखि १९ गतेसम्म मालीका गाउँपालीकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा संचालन गरिएको राष्ट्रपति प्रतियोगिताको उद्घाटन् महिला बालबालिका तथा समाज कल्याण मन्त्रि थममाया थापाद्धारा गरिएको हो ।

सो खेलकुद प्रतियोगितामा बोल्दै मन्त्रि थापाले देशलाई स्वच्छ प्रतिस्पर्धामा अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको हुदाँ विद्यालयस्तरको प्रतियोगिताले गाउँगाउँमा लुकेर रहेको प्रतिभाले सहयोग पु¥याउने बताईन । थापाले राज्य पुनसंरचनाको कार्यान्वयन गर्दै ग्रामिण क्षेत्रका विद्यालयहरुलाई स्थानीय तहहरुसंग समन्वय गरेर पहिलो पटक सदरमुकाम बाहिर आयोजना गरिएको राष्ट्रपति रनि«ङ शिल्डले ग्रामिण क्षेत्रका बासिन्दा,खेलाडी, विद्यार्थी उत्साहीत गरेको हुदाँ खुशि ब्यक्त गरिन ।

थापाले राजनीतिक स्थिरताबाट देशलाईे समृद्धि बनाउने वामगठबन्धन सरकारको प्राथमिकता रहेको हुदाँ सबै क्षेत्रले यसको जिम्मेवारी बहन गनुपेर्न बताईन । देशलाई औधोगिकरणतर्फ विकास गरि स्वदेशमा युवाहरुलाई रोजगारको बातावरण सिर्जना गर्दै समृद्धि तर्फको यात्रा सुरु हुृने बताईन । सरकारको सदस्य तथा मन्त्रिको जिम्मेवारीसंगै महिला, बालबालिका, जेष्ठनागरिकमा भएको समस्यालाई समयमा प्रभावकारी रुपमा समाधान गर्न प्रतिवद्धता ब्यक्त गरिन् ।

सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापा, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रममा प्रदेश सभा सदस्य नरदेवी पुन, थममाया थापा, जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, शिक्षक, विद्यार्थीहरुको उपस्थित रहेको थियो । सो प्रतियोगिताको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन समितिका कोषाध्यक्ष दिनेश केसीले गरेका थिए ।

कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने प्रतियोगिता अन्तरगत कवड्डी, भलिबल, एथ्लेटिक्स, कँराते, उसु र तेक्वान्दो लगायत बिधाको प्रतिस्पर्धामा करिव ३० विद्यालयका विद्यार्थी सहभागिता जनाएका छन् । राष्ट्रपति कपको भलिबल तर्फ छात्रमा २४ टिम र छात्रामा १२ टिम सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, दितृय, तितृय हुने विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश ९५ हजार, ५५ हजार र ३५ हजार तथा सबै खेल बिधामा उत्कृष्ट खेलाडीलाई एक हजार पाँच सयका दरले पुरस्कृत गरिने अध्यक्ष विश्वकर्माले बताए । प्रतियोगिताको निश्चित बिधामा भाग लिने विद्यालयलाई दश हजारका दरले सुबिधा उपलब्ध गराइने छ ।

प्रतियोगिता सञ्चालनका लागि १६ लाख ९५ हजार रुपैया बराबरको बजेट आवश्यक पर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिए । सो प्रतियोगिता सुरु हुनु पुर्व बाजागाजासहित दरवाङबजारमा ¥याली गरिएको थियो । प्रतियोगितामा सहभागिता जनाएका विधालयले मार्चपार्स देखाएका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l