मन्त्रि थापालाई म्याग्दीमा सम्मान

  • १५ फाल्गुन २०७४, मंगलवार
  • धिरन खत्री
  • 2576 पटक पढिएको


म्याग्दी, १५ फागुन । केपी ओली सरकारमा म्याग्दीबाट सहभागि मन्त्रि थममाया थापालाई नेकपा एमाले म्याग्दीबाट सम्मान गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दी र अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा महिला तथा बालबालिका तथा समाज कल्याणमा नवनियुक्त मन्त्रि थममाया थापालाई गृह जिल्लामा सम्मान गरिएको हो ।


सो सम्मान कार्यक्रममा बोल्दै वामगठबन्धनको सरकारले जनताले दिएको जिम्मेवारी पुरा गर्न जिल्ला देखि केन्द्रसम्म सबैको सहयोग आवश्यक रहेको बताईन । नेपाली जनताको समृद्ध नेपालको चाहनालाई पुरा गर्न केपि ओली सरकारको नेतृत्वमा राजनीतिक संघर्षलाई मूल्याकंन गरि मन्त्रिको जिम्मेवारी पाएको हुदाँ यसलाई निराश हुन नदिने प्रतिवद्धता ब्यक्त गरेकी थिईन ।


देशमा महिला तथा बालबालिकाहरुको समाजमा भएको समस्यालाई समाधान गर्न सधै सकारात्मक रुपमा लाग्ने बताउदै गृह जिल्लामा पनि सहयोग गर्ने बताईन । मन्त्रि पदसम्म पु¥याउन जिल्लाले दिएको योगदानलाई सधै उच्च मूल्यांकन गर्दै हरेक क्षेत्रको विकास लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । समृद्ध नेपाल बनाउन केन्द्र देखि जिल्लासम्मका कार्यकता आ–आफ्नो क्षेत्रमा सक्रिय हुने दिन आएको बताईन ।नेपालमा कम्युनिष्ट नेतृत्वमा स्थीर सरकार बनाएर जनताको पक्षमा काम गर्ने महत्वपूर्ण अवसर भएको बताईन  । थापाले सपथ ग्रहण भन्दा ५ मिनेट अघि मात्र आफूलाई मन्त्रीमा नियुक्त गरिएको जानकारी पाएको बताउँदै राजनितिमा ईमान्दार र प्रतिवद्ध भएर लागेमा अवसर पाइने अनुभव सुनाईन ।आफ्नो कार्यकालमा म्याग्दीको विकासका लागि सक्रिय भएर प्रदेश र स्थानीय तहसंग समन्वय गरेर अघि बढ्ने थापाले बताईन ।

नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, अखिल नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष थमसरा पुनको स्वागत मन्तव्य, पाटी सचिव बालकृष्ण सुवेदीको संचालनमा भएको सम्मान कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य नरदेवी पुन लगायतको कार्यकताको उपस्थित रहेको थियो । मन्त्री थापालाई मंगलबारनै म्याग्दी उद्योग वाणिज्य संघले पनी स्वागत तथा सम्मान गरेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l