रत्नेचौरमा सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु

  • १४ फाल्गुन २०७४, सोमबार
  • धिरन खत्री
  • 2481 पटक पढिएको


म्याग्दी, १४ फागुन । बेनी नगरपालिका १ रत्नेचौरमा सोमवार देखि सेभेन ए साईड प्रथम रत्नेचौर जागरण कप फुटबल प्रतियोगिता सुरु भएको छ । फागुपूर्णिमाको अवसरमा रत्नेचौर जागर समुहले फागुन १४ देखि १७ गते सम्म फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।


सो प्रतियोगितालाई विश्व शान्तिको प्रतिक परेवालाई उडाउर्दै प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद भुपेन्द्रवहादुर थापाले खेल स्वास्थको लागि र खेलाडि राष्ट्रका लागि भएको हुदाँ खेलकुदको नियममा रहेर खेललाई शान्तपुर्वक सम्पन्न गर्न आयोजकलाई आग्रह गरेका थिए । सांसद थापाले समृद्ध समाज निर्माणका लागि खेल क्षेत्रमा पनि पूर्वाधार निर्माणमा गर्न आवश्यक रहेको हुदाँ सम्वन्धित क्षेत्रमा सहयोगको लागि पहल गर्ने बताए । रत्नेचौरमा रहेको खेलमैदानलाई थप व्यवस्थित गराउन पूर्वाधार निर्माण गर्न सकेमा जिल्लाको नमुना मैदान निर्माण गर्न समुदायको भुमिका महत्वपुर्ण हुने बताए ।

बेनी नगरपालिका उपमेयर सञ्जु बरुवाल, बेनपा १ रत्नेचौरका वडा अध्यक्ष टेकवहादुर रावल, युवा संघ नेपाल विदेश विभाग प्रमुख सन्तोष रावल, साविक रत्नेचौर गाविसका पूर्व अध्यक्ष नेत्र वहादुर महत र म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल र राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।


चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका २४ टिमको सहभागिता जनाएका छन् । प्रतियोगितामा बिजेता र उपबिजेतालाई नगद ५१ हजार एकसय ५१ र ३३ हजार तिनसय ३३ रुपियाँ पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ। सो प्रतियोगितमा विद्यालयका विद्यार्थी, आमासमुह क्लवले रन्तेचौरमा ¥याली गरेका थिए । जागर समुहका अध्यक्ष गणेश बोगटीको अध्यक्षता, सल्लाहार विक्रम बोगटीको सञ्चालन र उपाध्यक्ष मन्नु रावलको स्वागत मन्तब्य रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l