जनप्रतिनिधिलाई विप्लव समूहको चेतावनी : राजीनामा नदिए कारबाहीको धम्की

  • १३ फाल्गुन २०७४, आईतवार
  • 1995 पटक पढिएको

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीको राजीनामा माग गरेका छ । विप्लवको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुल लगायत वडा कार्यालयमा पत्र पठाएर राजिनामा माग गरेको हो । पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाहि गर्ने समेत सो पार्टीले चेतावनी दिएको छ । विप्लवको पत्रले जनप्रनिनिधी त्रसित बनेका छन् ।

जनप्रतिनिधिहरुलाई संसदीय चुनावमा सहभागि नहुन खारेज अभियानमा साथ दिन अनुरोध गरेपनि उलंघन गरेकोमा आपत्ति जनाउँदै अबका दिनमा राजीनामा नदिए कार्वाही गर्ने चेतावनि पत्रमा छ ।

जनपरिषद नेपाल, भेरी कर्णाली स्वायत्त प्रदेश, जिल्ला जन परिषदको कार्यालय सुर्खेतको लेटरप्याडमा विस्तृत शान्ति सम्झौता उल्लघन गरेको, प्रचण्ड, वावुरामले आत्मसर्मपणसहित नेपाली कांग्रेस र नेकपा एमालेले गम्भीर प्रकारको धोका दिएको उल्लेख गरिएको छ । सो पत्रमा स्वायत्त प्रदेश घोषणा गरिएको समेत उल्लेख गरिएको छ ।

वीरेन्द्रनगर वडा नं ६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले विप्लव माओवादीबाट राजीनामाको चिठ्ठि आएपछि तनावमा परेको वताए । उनले बिहानै घरमा दुईजना माक्स लगाएर आएका व्यक्तिले पत्र छोडेर गएको बताए । यता वीरेन्द्रनगर नगरपालिकाका मेयर र उपमेयरले भने वडा अध्यक्षहरुसँगको छलफल पछिमात्र धारणा सार्वजनिक गर्ने बताएका छन् ।

source; ratopati.com