आयोडिनयुक्त नुनको प्रयोग बनाउन जनचेतनामुलक कार्यक्रम

  • २६ फाल्गुन २०७३, बिहीबार
  • सन्तोष गौतम
  • 2281 पटक पढिएको

2

म्याग्दी, २६ फागुन । साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङले बिहीबार म्याग्दीको बाबियाचौरमा आयोडिनयुक्त नुनको प्रयोग बढाउन जनचेतनामुलक कार्यक्रम गरेको छ ।

1

बाबियाचौरको मंगला माविका विद्यार्थीहरुको सहभागितामा र्‍यालीका साथै आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग गर्ने तरीकाको बारेमा जानकारी गराएर झोला वितरण गरिएको हो ।

3

कर्पोरेशनका बागलुङ शाखाका प्रमुख मनोजकुमार श्रेष्ठले आयो नुनको प्रयोग किन गर्ने, नुनमा आयोडिनको मात्रा भए नभएको पत्ता लगाउने, आयो नुन प्रयोग गर्दा हुने फाइदाका विषयमा विद्यार्थी र अभिभावकलाई जानकारी गराउनुभएको थियो ।

5

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणवहादुर अधिकारीको अध्यक्षता र शिक्षक हर्क छन्त्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा आयोडिन युक्त नुनको चिन्ह अंकीत झोला समेत वितरण गरिएको थियो ।

6

सन्तोष गौतम