फेसवुक एक अभिसाव

  • २६ फाल्गुन २०७३, बिहीबार
  • सागर भण्डारी
  • 3810 पटक पढिएको

fffत्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी पुनम लिम्बुको शोधको निष्कर्ष छ, किशोरकिशोरीहरूइन्टरनेटको उपयोग सामाजिक सञ्जालका निम्ति सबैभन्दा धेरै गर्छन् । काठमाडौँका निजी ‘प्लस टु’ मा अध्ययनरत १ सय ६१ जना विद्यार्थीमाझ गरिएको प्रश्नावली सर्वेक्षणको निष्कर्ष सुनाउँदै उनी भन्छिन, सूचना र ज्ञान आदानप्रदान भन्दा पनि असम्भव प्रतिक्रियाहरू व्यक्त गर्न र आफुलाई सो अप गर्न सामाजिक सञ्जालको उपयोग भएको देखिन्छ ।

काठमाडौँको एक सुविधासम्पन्न विद्यालयमा कक्षा ९ की छात्राको अफेयर चल्यो, सहपाठी छात्रसँग । भेट्दा कहिल्यै नबोलेका उनीहरू फेसबुकमार्फत नजिकिए । ‘हाई–हेल्लो’बाट सुरु भएको सम्बन्ध प्रेममा बदलियो । भलै भेट्दा कुरा गर्न पनि आनाकानी गर्थे । तैपनि, नियमित च्याट र फोनबाटै किशोरीले कतिसम्म विश्वास गरिन् भने घरमा कोही नभएका बेला आफ्नो नांगो फोटो म्यासेन्जरबाट पठाइन् । तर, उनलाई के थाहा ? प्रेमीको मन जित्न पठाएको त्यही फोटोले आफ्नो जीवनमा बज्रपात ल्याउन सक्छ !

केही दिनपछि प्रेमीको साथीले उक्त फोटो फेसबुकमा अपलोड गरिदिएछ । युवतीले झन्डै आत्महत्याको बाटो रोज्नुपरेको । धन्न परिवार र स्कुलको साथ पाइन् । मनोविज्ञकहाँ पठ्याइयो, आत्मविश्वास बढाउने परामर्श दिइयो र बिस्तारै तंग्रिदै गइन् उनी । तैपनि, ६ महिना बितिसक्दा उनी सामान्य अवस्थामा फर्कन सकेकी छैनन् ।

यो त एउटा प्रतिनीधी घटनामात्र हो । आज हाम्रो समाजमा यस्ता घटना दिनहु जसो घट्ने   गरेका छन् । फेसबुकले युवा जमातलाई ठुलो असर गरेको छ । एकान्तमा वस्न मन पराउने, समाजको सम्पर्कमा कम आउने, उर्जासिल समय बन्द कोठाभित्र विताउन चहाने आजका धेरै युवा÷युवतीको समस्या हो ।

उनिहरुले  फेसबुकमा परिवारका सदस्यलाई साथी नबनाउने, आफन्तको आँखा छल्न नक्कली एकाउन्ट बनाउने, च्याटमा मात्र होइन, स्ट्याटस र कमेन्टमा अश्लील शब्द लेख्न किशोरकिशोरी अभ्यस्त भइरहेका छन् । हिजोआज किशोरकिशोरीले गर्ने हरेक नकारात्मक व्यवहारमा फेसबुककै प्रमुख छ। अहिले फेसबुक त रिस र आवेग पोख्ने थलो भएको छ ।

फेसबुकले निम्ताएको अर्को मुख्य समस्या भनेको फेसबुक प्रोफाईल, पेज र ग्रुपमा अपलोड गरिने प्रोनोग्राफि साईड, प्रोन फोटा, प्रोन भिडियो र प्रोन स्टाटसको लतमा आजका ७०% युवायवती फसेका छन् । एक रिपोर्टका अनुसार  प्रोन साईडमा पुरुष भन्दा बढि महिलाहरु बढि सकृय छन् ।

अन्य उमेर सम”हका व्यक्तिलाई पनि फेसबुककले आफ्नो वशमा पारेको छ तर त्यसको असर किशोरकिशोरीमा बढी पर्छ । किनभने, प्राकृतिक रूपमा उनीहरूमा शारीरिक परिवर्तन आइरहेको हुन्छ, विपरीत लिंगीप्रतिको आकर्षण बढेको हुन्छ । प्रेम र यौनका विषयमा अधिक ध्यान जान्छ । फेसबुकले किशोरकिशोरीका यिनै कौत”हल मेटाईरहेको छ,  त्यो पनि कसैले थाहा नपाउने गरी ।

हामीकहाँ सामाजिक सञ्जालले किशोर–किशोरीमा पारेको शारिरीक र मानसिक प्रभावका बारेमा त्यस्तै वैज्ञानिक अध्ययन त भएको छैन तर फेसबुकले गर्दा आफ्नो सन्तानको पढाइ बिग्रेको, झगडा गरेको, आफन्तसँग टाढा भएको, डिप्रेसन र तनावमा फसेको भन्दै अत्तालिँदै मनोविज्ञकहाँ पुग्ने अभिभावकको संख्या अचेल बढेको छ ।

फेसबुकका कारण धेरैको बैवाहिक सम्बन्धमा पनि फाटो ल्याईरहेको छ । आजको बैवाहिक जिवन पनि अचम्मको बनाईदिएको छ फेसबुकले । श्रीमान÷श्रीमती एउटै कोठामा त हुन्छन तर उनिहरुको गफ एक अर्का सगँ हुदैन, श्रीमान एउटा सगँ व्यस्त हुन्छ श्रीमती अर्कैसगँ व्यस्त हुन्छिन । फेसवुकले श्रीमान–श्रीमती विच दरार पैदा गरेको छ । अझ यसलाई विस्तृतमा हेर्ने हो भने श्रीमानले आफ्नो श्रीमतीको फोटो फेसबुकमा अपलोड गर्छ, अनि अरु व्यक्तिले आफ्नो श्रीमती मन पराउदा मख्ख हुन्छ, उ अझ फुर्ति लगाउदै भन्छ मेरि श्रीमतीलाई यति जनाले मन पराए, उति जनाले मन पराए, खै यसलाई के भनेर कसरि व्याख्या गर्ने  ।

सन २००४÷०२÷०४ गते जव फेसबुक लन्च भयो तवसम्म मार्क जुगर्वकले कहित्यै पनि सोचेका थिएनन् होला कि आफले वनाएको औजार यति दुरुप्रयोग हुन्छ भनेर । मलाई लाग्छ आजका दिनमा आईपुग्दा ७० प्रतिशत भन्दा धेरै फेसबुक एकाउन्ट भएका व्यक्तिले फेसबुकको दुरुप्रयोग गरिरहेका छन् । उनिहरुले फेसवुकको प्रयोग अनप्रोडक्टीभ क्षेत्रमा गरिरहेका छन् । र मलाई लाग्छ फेसबुकको लत अफिमको लत जस्तै हुन्छ । आजका युवापिढी यसमा नराम्रोसगँ फरिरहेका छन् । उनिहरुले आफ्नो भविस्य अन्धकारतर्फ धकेलिरहेका छन्, धकेलिरहेका छन् ।
अर्को अंश  – फेसबुक एक बरदान
                                                                         सागर कम्प्युटर क्याफे
                                                                  क्याम्पसचोक, बेनी

सागर भण्डारी