बेनीमा अखाध्य तरलप्रदार्थ प्रयोग गरि चटपट बनाउने सामानहरु बराबद

  • ९ फाल्गुन २०७४, बुधबार
  • धिरन खत्री
  • 3424 पटक पढिएको


म्याग्दी, ९ फागुन । बेनी नगरपालिका ८ कोटभण्डारमा बुधबार दुई चटपट पसलका चटपट बनाउने परिकारसहितको सामानहरु बरामद गरिएको छ । अखाध्य तरल प्रदार्थ प्रयोग गरि बेचेको खवर आएपछि बेनी नगरपालिका ८ का वडा अध्यक्षले दुई चटपट सामानहरु बरामद गरेका हुन् ।

बेनीमा अखाध्य बस्तुहरु प्रयोग गरि ठेलामा चटपट बेच्नेहरुलाई वडा ७, ८ को पहलमा बन्द गरिएको थियो । उक्त चेतावनीलाई उल्टाउदै चटपटक बाहेक अन्य परिकारहरु सटर लिएर बनाउने अनुमति दिएपनि अखाध्य तरल पदार्थ प्रयोग गरि चटपट बनाउदै बेच्ने दुई चटपटे पसलका सामानहरु बरामद गरेको वडा ८ का अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिए । चटपट बनाउने दुई भारतिय नागरिकले चटपटमा हालिने तरल प्रदार्थमा प्रयोग गरिने बस्तुहरु प्रस्ट नुखालाएपछि सामान परिक्षणका लागि बरामद गरिएको जानकारी दिए ।

वडा अध्यक्ष बराईली र वडा सचिव कृष्ण सुवेदीले चटपट बनाउने ठाउँ पुग्दा फोहोर र भाडाहरु सफा नगरेको बासी परिकारहरु चटपटमा देखिएको बताए ।

बरामद गरेको सामानहरु परिक्षण गर्दा यदी अखाध्य बस्तु प्रयोग गरिएको परिक्षणले देखाएमा सो अनुसारको कारबाही गरिने अध्यक्ष बराईली जानकारी दिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l