तस्वीरमा हेर्नुस् नेपाली भूमिमा भारतीय एसएसबीको दादागिरी

  • २६ फाल्गुन २०७३, बिहीबार
  • 2933 पटक पढिएको

 

२६ फागुन,  आफ्नै भूमिमा बिकास निर्माण गर्न भारतीय सीमा सुरक्षाबलले रोकेपछि कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आनन्दबजारमा भएको विवादले चरम रुप लिँदा एक नेपालीले ज्यान गुमाउनुपर्‍यो ।

बिहीबार दिउँसोको झडपमा भारतीय प्रहरीले चलाएको गोलीबाट ३० बर्षीय स्थानीय गोविन्द गौतमको मृत्यु भएपछि स्थिति तनावग्रस्त छ र अहिले पनि त्यहाँ नाराबाजी भइरहेको छ ।

स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मीसहित घटनास्थल पुगेका कञ्चनपुर प्रहरीका एसपी प्रकाश चन्दले भारतीय पक्षसँग छलफल गरी वार्ताको पहल गरेका छन् । उनले भारतीय पक्षलाई उच्चस्तरीय टोली बनाउन र नेपाली पक्षबाट पनि क्षेत्रीय प्रशासकको नेतृत्वमा वार्ताटोली आउने बताएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र सुदूरपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक वार्ताका

बिहीबार दिउँसोको झडपमा भारतीय प्रहरीले चलाएको गोलीबाट ३० बर्षीय स्थानीय गोविन्द गौतमको मृत्यु भएपछि स्थिति तनावग्रस्त छ र अहिले पनि त्यहाँ नाराबाजी भइरहेको छ ।

स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मीसहित घटनास्थल पुगेका कञ्चनपुर प्रहरीका एसपी प्रकाश चन्दले भारतीय पक्षसँग छलफल गरी वार्ताको पहल गरेका छन् । उनले भारतीय पक्षलाई उच्चस्तरीय टोली बनाउन र नेपाली पक्षबाट पनि क्षेत्रीय प्रशासकको नेतृत्वमा वार्ताटोली आउने बताएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र सुदूरपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक वार्ताका लागि केहिबेरमा आनन्दबजार पुग्दैछन् ।

प्रहरी थपिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २०० को हाराहारीमा नेपाली सुरक्षाकर्मीले आक्रोशित नेपाली भिडलाई साम्य बनाउने प्रयास गरिरहेको छ । पहिलो घेरामा प्रहरी र दोस्रो घेरामा सशस्त्र छन् ।

बुधबार साँझ एसएसवीका जवानहरुले नेपालीको घरमा छिरेर कुटपिट गरेपछि त्यसको बिरोधमा सीमा क्षेत्रमा पुगेका नेपाली र भारतीयबीच आज बिहानैदेखि झडप भइरहेको छ ।

दशगजाबाट निक्कै वर, नेपाली भूमिमा कल्वर्ट बनाउन लाग्दा गुगल म्यापले भारतीय भूमि देखाएको भन्दै एसएसवीले रोकेपछि आनन्दबजारमा विवाद सुरु भएको हो ।

 

source; online