बाबियाचौरमा मोवाईल सेवा विस्तार

  • ८ फाल्गुन २०७४, मंगलवार
  • 2404 पटक पढिएको

म्याग्दी ८ फागुन । मंगला गाउँपालीकाको केन्द्र बाबियाचौरमा नेपाल टेलीकमले सोमबार बिटीएस टावर सञ्चालन गरेर मोवाईल सेवा विस्तार गरेको छ ।

६८ औ प्रजातन्त्र दिवसको अवसरमा टुजी र थ्रिजी ईन्टरनेट सहितको बिटीएस टावर सञ्चालनमा ल्याएको नेपाल टेलीकम म्याग्दी शाखाका प्रमुख बिष्णुदेव शाहले जानकारी दिए ।
उक्त बिटीएस टावरबाट बाबियाचौर, अर्मन, बरंजा, कुहु, निस्कोटका बासिन्दा लाभान्वित हुने जनाइएको छ । मोवाईल सेवा विस्तार भएपछि गाउँपालीकाको सेवा प्रवाह र स्थानीयबासीलाई सूचना आदानप्रदान गर्न सहज भएको छ ।

टावर सञ्चालन भएको अवसरमा ५०० वटा सिम कार्ड निशूल्क वितरण गरिएको शाहले बताए । ९० रुपैया मूल्य पर्ने पचास रुपैया ब्यालेन्स भएको सिम कार्ड निशूल्क वितरण गरिएको हो ।

धौलागिरी गाउँपालीकाको केन्द्र मुना, मालीका गाउँपालीकाको बिम, मंगलाको झाँक्रेपानी र बेनपाको ज्यामरुककोटमा थप बिटीएस टावर सञ्चालन र यो वर्षभित्रै मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा ल्याड लाईन टेलीफोन विस्तार गर्न लागिएको शाहले बताए ।

टेलीकमको म्याग्दीमा २५ वटा टावर मार्फत मोवाईल सेवा प्रवाह भैरहेको छ । पाँच वटा सिडीएमए र ४ वटा वाईम्यास टावर रहेका छन् । म्याग्दीमा फोर जि ईन्टरनेट सेवा विस्तारका लागि प्रक्रिया अघि बढेको शाखा प्रमुख शाहले जानकारी दिए ।