धौलागिरी गाउँपालीका स्तरीय शिक्षक महासंघ गठन

  • ८ फाल्गुन २०७४, मंगलवार
  • 1522 पटक पढिएको

म्याग्दी, ८ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीकामा स्थानीय तह स्तरीय शिक्षक महासंघ गठन भएको छ । विभिन्न शिक्षक संघ संगठनमा आवद्ध शिक्षकका प्रतिनिधिहरुको सोमबार भएको भेलाले हरिहर पौडेलको अध्यक्षतामा २१ सदस्यीय गाउँपालीका स्तरीय महासंघ गठन गरेको हो ।

जिल्ला स्तरमा संघ संगठनका प्रतिनिधिहरुको बिवादका कारण पटक पटकको प्रयासमा समेत साझा शिक्षक महासंघ गठनको पहल सफल हुन नसकेको अवस्थामा धौलागिरीका शिक्षकहरुले सर्वसहमतीमा महासंघको कार्यसमिति गठन गरेका हुन् ।

महासंघको सहअध्यक्षमा नेत्रलाल सुवेदी, उपाध्यक्षमा लेखनाथ घिमीरे, सचिवमा सुरेन्द्र छन्त्याल, सहसचिवमा दुर्गा खड्का र कोषाध्यक्षमा गैसरा घर्ती चयन हुनुभएको शिक्षक चिरीञ्जिवी पौडेलले जानकारी दिनुभयो ।