नेपाल राष्ट्रिय शिक्षक संगठन मालिका गाउँपालिकाको अधिबेशन सम्पन्न

  • २६ फाल्गुन २०७३, बिहीबार
  • 2332 पटक पढिएको

म्याग्दी,२६फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले बुधबार मालिका गाउँपालिकामा प्रथम अधिबेशन एवम शिक्षक भेला दरबाङमा सम्पँन्न गरेको छ ।

malika2
उक्त अधिबेशनले अमरसिह पुनको अध्यक्षतामा १६ सदस्य रहेको समिति गठन गरेको छ । उक्त समितिको महिला उपाध्यक्षमा धनदेवी घर्ती र उपाध्यक्षमा खिम ब जुग्जाली, सचिवमा सुरमन जुग्जाली, सह–सचिवमा किममाया पुन, कोषाध्यक्षमा नितमाय गवुर्जा, सह– कोषध्यक्षमा तिलमाया भण्डारी पुन, चयन भएको छन । भने समितिको सदस्यहरुमा मनबहादुर बुढा, इन्द्रा पुन, हरिबहादुर पुन, प्रदिप पौडेल, सन्ध्या जुग्जाली,प्रकास सुवेदी, लक्ष्मण गौतम, सुनिता पाईजा, प्रेममाया रोका रहेका छन् ।

malika1
अमरसिङको अध्यक्षतामा भएको भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि बालकुमार रोकामगरले शिक्षकको पेशागत क्षमता विकास र पेशागत हकअधिकार  सुनिश्चित गर्न शिक्षक एकजुट हुन जोडदिभएको थियो । त्यस्तै पुर्व अध्यक्ष हरिकृष्ण सुवेदी, जिल्ला सचिव जयराम सुवेदी, जिल्ला सदस्य भरतकुमार पुन लगायतले मन्तव्य राख्नुभएको कार्यक्रममा धनदेवीको स्वागत र जगत खत्रीको संचालनमा सम्पन्न भएको थियो ।