प्रदेश नम्बर ४ सरकारको पहिलो निर्णय : २ वर्षभित्र सबै गाउँमा विजुली

  • ४ फाल्गुन २०७४, शुक्रबार
  • 1875 पटक पढिएको

चार नम्बर प्रदेशको मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको पहिलो बैठकले दुई वर्षभित्र सबै गाउँमा विजुली पुग्नेगरी काम गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका नवनियुक्त मन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै उज्यालो कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

‘२ वर्षमा गाउँमा पिउने पानी  र ५ वर्षभित्र सबै गाउँपालिकाबाट प्रदेश केन्द्र आउने सडक निर्माण गर्ने निर्णय भएको छ’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका बस्नेतले भने ।

त्यस्तै त्यस्तै ५ वार्षभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार अस्पताल स्थापना, सुविधासम्पन्न सम्मेलन केन्द्र खेल मैदान निर्माण, प्रदेशमा बोलिने भाषाको संरक्षण लगायतका आठ निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

source; ratopati