महिला तथा बालबालिका मन्त्रीमा म्याग्दीकी थममाया थापा

  • ३ फाल्गुन २०७४, बिहीबार
  • 2975 पटक पढिएको


म्याग्दी, ३ फागनु । नवनिर्वाचित प्रधानमन्त्री केपाी शर्मा ओलीले नया मन्त्रिपरिषदमा म्याग्दीकी थममाया थापालाई मन्त्रीमा चयन गरेको छ । म्याग्दीबाट समानुपातिकमा छनोट भएकी थममाया थापालाई महिला तथा बालबालिका मन्त्रीमा चयन भएकी हुन् ।

म्याग्दीबाट समानुपातिकबाट प्रतिनिधिसभामा छनोट भएकी थममाया थापालाई पहिलो चोटी मन्त्रि बन्न सफल भएकी छन् । उनले आजै गोपनियताको सपथ लिएकी छन् । नेकपा एमाले पोलिटब्युरो सदस्य रहेकी थममाया थापा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यकको लागि जनजाती तथा महिला कोटाबाट थापा पाँचौ नम्बरमा परेकी हुन् ।