म्याद नाघेका औषधी र खाद्यबस्तु बरामद

  • २ फाल्गुन २०७४, बुधबार
  • 179 पटक पढिएको

बेनी, २ फागुन । बेनीमा बुधबार बजार अनुगमन टोलीले बिक्रीका लागि राखिएका म्याद नाघेका औषधी र खाद्यबस्तु बरामद गरेको छ ।

होटल तथा रेष्टुरेन्ट, मासु, खाद्यान्न र औषधी पसलहरुको अनुगमन गर्दा भेटिएका म्याद नाघेका सामान बरामद गरीएको अनुगमन टोलीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा प्रहरी, बेनी नगरपालीका, कोलेनीका, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्चको टोलीले १५ वटा पसलहरुको अनुगमन गरिएको थियो ।

बिक्रीका लागि पसलमा राखिएका म्याद नाघेका सामान जफत गरी दर्ता नभएका, मापदण्ड पुरा नगरेका पसलका सञ्चालकहरुलाई प्रशासनमा हाँजीर हुन निर्देशन दिइएको सहायक प्रजिअ पोख्रेलले बताए । हुलाक चोकका पपुलर फर्मामा पतञ्जली आर्युवेद कम्पनीका चुर्ण, अचार र अन्य म्याद नाघेका औषधीहरु बरामद भएको छ ।

यसैगरी बिनीसा स्टोर्शबाट ४२ प्याकेट कुरमुरे, भकिम्ली होटलबाट जुस बरामद भएको छ । शालीग्राम होटल र सफल क्याफेलाई मदिरा बिक्री वितरणका लागि ईजाजत लिन निर्देशन दिइएको कोलेनीका प्रमुख छवीन्द्र बेल्वासेले बताए ।