कृष्ण घमालद्धारा दुर्गा बचाउ अभियानमा १५ हजार सहयोग

  • २ फाल्गुन २०७४, बुधबार
  • 101 पटक पढिएको

म्याग्दी, २ फागुन । रोजगारीको शिलशिलामा हङकङमा रहेका बेनपा ८ का कृष्ण घमालद्धारा क्यान्सर पिडित दुर्गा लाम्गादेको उपचारका लागि १५ हजार सहयोग गरेका छन् । दुर्गा बचाउ अभियान थालेको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई घमालका दाजु दिपेन्द्रकुमार विश्वकर्माले सो रकम हस्तान्तरण गर्नुभएको थियो ।


क्यान्सर पिडित दुर्गा लाम्गादे मंगला गाउँपालिका १ कुहँुका हुन् । आर्थिक अवस्था कमजोर भएपछि सो उपचार खर्च लागि ओमकुमारी शान्ति कोषले दुर्गा बचाऊ अभियान थालेको थियो । काठमाण्डौ उपचारत क्यान्सर पिडित दुर्गाले सहयोग अपिल गरिरहेका छन् ।