सहिद परिवारलाई सम्मान गर्दै म्याग्दीमा २३ औँ जनयुद्ध दिवस मनाईयो

  • २ फाल्गुन २०७४, बुधबार
  • धिरन खत्री
  • 1737 पटक पढिएको

म्याग्दी, २ फागनु । बेनीमा नेकपा माओवादी केन्द्र बेनी नगरकमिटिले सहिद परिवार सदस्यलाई सम्मान गर्दै २३ जनयुद्ध दिवस मंगलबार मनाएको हो ।


प्रतिक्रिया राज्यसत्ता दोस्त गर्दै जनवादी राज्य निर्माण गर्नका लागि जनयुद्ध सुरु गरेको फागुन १ गतेलाई जनयुद्ध दिवस रुपमा मनाउदै आएको छ । सो अवसरमा म्याग्दीमा मंगलबार पाटी कार्यालयमा जनयुद्धमा सहिद प्राप्त गरेको परिवारका सदस्य पारबहादुर विकलाई नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द्र पौडेल, बेनी नगरकमिटिका अध्यक्ष शेरबहादुर केसी लगायतले सम्मान गर्दै जनयुद्ध दिवस मनाएको थिए ।


बेनी नगरकमिटि अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष विनोद केसीको संचालनमा भएको कार्यक्रममा बोल्दै जिल्ला संयोजक गोविन्द पौडेलले जनयुद्धले राजनीतिक क्रान्ति अन्त्य हुदै देशमा विकास समृद्धि अभियान सुरु भएको बताउनुभयो । देशमा सिर्जना भएको जनबादी क्रान्तिसंगै भएको पुजीवादी लडाइलाई अन्त्य गरि समाजवाद निर्माण गर्नु मुख्य चुनौती भएको हुदाँ कार्यकता यसप्रति सचेत रहदै अगाडी बढ्न आग्रह गरेका थिए ।
२३ औ जनयुद्ध दिवसको अवसरमा जिल्लाका नेता तथा कार्यकताको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l