प्रेम दिवस प्यासी आत्मा

  • २ फाल्गुन २०७४, बुधबार
  • 347 पटक पढिएको

उदास पन अनी मन यो पागल पन यक आत्मा हो । भौतारी ने आत्मा जब सन्तुष्ट र इच्छा पुरा हुदैन तव पागल पनको रुप लिन्छ । म सोयम आफ्नो इच्छा लाइ पुरा गर्न सकेको छैन कसरी उसको सबै कुरा पुरा गरै । म थकीत छु यानीकी लजीत छु । म गर्न सक्छु खोजी रहेको छु विडम्बना यक आत्मा कुनै न कुनै कार्यमा विबाद लिई लडीरहेको छ । म हु सोहेम म नै हु भन्न पनी लजीत छु ताकि सत्यता भित्र कुरुप छिर्छ । म के भनै मेरो रुप हो या उसको बाध्यतामा अडीक भई कुरुप भई हिडनु यो चाहना होइन । म गलत छैन तर उ मान्दैन । जसलाई पायो उसलाई बोक्न त सक्दीननी तर बाध्यता छ आत्मा भित्र बाटै बोक्नु पर्छ ।

फलानो आई फलानो गई गाँउमा बाटो हिडदा सुनेको थिय तर यो आत्मा शरीर भित्र छिरी आफ्नो रुप अनी कुरुप देखाइ टाढा हुन्छन । यो मेरो जिन्दगी या उसको बाध्य विबस्ता । गाँउमा सबै महिलाहरु को रुप अनी कुरुप थाहा पाउनु मेरो गल्ती होइन यो तेही आत्मा को खेल हो । जब कहिले काही दुई आत्माको मिलन हुन्छ तब मेरो शरीर लडी बडी खेल्दै भक्कानो छोडी रुन्छ । तेती बेला मैले पहिलो प्रेम पाएको महसुस गर्छु । आँसुले सिरानी भिजेको पत्तै हुदैन । यहाँ आत्मा पनी चोरी हुदो रहेछ । थुक्क दुखी आत्मा न गर्न सक्छ न गर्न दिन्छ पागल सरह भौतारी रहेको छ। यो मेरो मनको सोच थियो।

भाइ टिकट ? बस कन्टयाक्टर हात फैलाउदै बोल्यो । म झस्कीय लिनुुस दाई हात अगाडी बढाए टिकट टिकट भन्दै पछाडी लम्कीयो । उ मुसुक्क हासी बस आफ्नै रफ्तारमा अगाडी बढी रहेको थियो । माघको जाडो न हो बसको यसीले केही कम भएको त थियो तर पुर्ण रुपले भने होइन । उ बाल खेलाउदै बोली ,जाडो कती सारो है? मलाइ त्यस्तो महसुस त भएको छैन ? उ फेरी मन्द रुपमा मुसुक्क हासी ,उसको हासो मिठो,कालो जाकेट कालो पइट मैले पाउदेखी शिर सम्म नियाले । न काली न गोरी , गोलो अनुहार , कालो लामो केश , कानमा धैरै मुन्द्रि झुन्डाएकी,न मोटी न पातली , चुटुक्क मिलेको शरीर । उसको शारीरीक बनोट कुनै पनी पुर्विय नारीको भन्दा कमसल खालको पटक्कै थिएन । ३२ सै लक्षणले सजिसजाउ एक नारीमा हुनुपर्ने गुण उसमा थियो ।

हातमा बिदेशी घडी टलक टल्कीएको थियो । मनको खुल्दुलीमा एक प्रश्न सोधीहाले ? तपाईको शुभ नाम? निकीता घर चाही बेनी बसाइ काठमाण्डौ मलाइ तपाइ भनेको मन पर्दैन तिमी भन्नुस। ओ तपाई मन पर्दैन ठिकै छ तिमी भनैला । म ईश्वर घर खवरा सानो कामले काडमाण्डौ हिडदै छु । उसले मोवाइल निकाली डाटा अन गरी फेसबुक चलाउन थाली । केही बेर हामी बिच मौनता छायो । उ कमेन्ट र कmक मा नै ब्यस्त भई । करिव आधा घण्टा जति म सिटमा बसेर ढोकातिर हेरिरहे । अचानक गाडी रोकीयो मुलढोका खुल्यो । एउटी मोटी अनि कपाल थाईकट बनाएकी र अर्की पातली तर अग्ली, तेल हालेर कपाल कोरेकी, दुवै युवती ढोका भित्र पसे । सवैको नजर उनीहरुतीर प¥यो । दुवै हामीतिर फर्केका थिए ।गाडीमा मौनता छायो । निकीता को अनुहार गम्भीर देखियो । हुन त एउटी हाम्रै गाउकी हो, मैले उसलाई राम्ररी चिन्दछु । मेलापात, पंधेरा, वनमा जादा कैंयौ पल्ट भेटाएको र बोलेको पनि छु । उनिहरु हामी भन्दा माथिल्लो उमेरका हुन । मेरो मनमा अनेकौ कुराहरु खेल्न थाले । मोडेलको हिंडाइमा हातमा बदाम समाइ एउटी कराई – “ हाई निकीता, हाउ ईज एभ्रि थिङ् ? ” “ हाइर्, जस्ट फाइन । ” हात मिलाए । बदाम खान्छौ ? उसले नाई भनी ।

“ के खान्छौ त ईश्वरको ……… ?” अर्की कराई । दुवै जना खित्का छोडे । म लाजले रातो पिरो भए । बोल्ने आट आएन मेरो । मनमनै गाली गरे – लाज नभएका छाडा केटीहरु । उनीहरु सरासर पछीको सिटमा गए । हामी बिचमा मौनता छायो । बोल्न नचाहेर होइन चाहना हुदाहुदा पनि बोल्न सकिरहेको थिइन । उसले चर्को आवाजमा भनि – “ तिमिलाई जाने ठाँउ अनि म कस्तो लागिरहेको छ ? ” सबैले उ तिर क्वारक्वार्ती हेरे । मलाई रीस उठेर आयो । मनमनै गाली गरे । के हेरेका होलान् क्वारक्वार्ती काम नपाएकाहरु ।

जवाफ त दिएनौ नी, आँखा अगाडी हात हल्लाई । आखिर के भनु तिमीलाई, म संग बाँकी नै के छ र ? मैले बुझिन । बुझ्ने जरुरत पनि छैन । वाउ तिमी त यस्तो कुरा गरेउ की हाम्रो भेट पहिलाइ भए जस्तो । निकै भावुुकताका साथ उसले मलाई हेरी । उसका र मेरा आँखा फेरी जुधे । तर म बोलिन, हाँसे मात्र । मैले भने– “ ओहो ! तिम्रो सोंचाइमा मेरो बोलाइले अती नै ग¥यो होला, तिमीलाई कती रीस उठ्यो होला हगी, ठिकै छ, माफी दिनु ल । अब कति मागु माफी पनि नपुगे फेरी मागुला । जे होस हाम्रो कुरा ग¥यौ । ” हाम्रो कुरा मैले बुझिननि फेरी माफी अनि रीस, आखिर के भन्न चाहन्छौ तिमी ? उसले शंका व्यक्त गरी । तिमीलाइ शंका लाग्यो म माथी ? कुरा त्यस्तै आयो म के गरै त ।

पढाइ कुन लेवल । मैले सोधे । बि.वि.यस फस्ट योओर । उ बोली । पढाइ अलवा अरु केही ? त्यो सोच अझ सम्म बनाएको छैन । पछी त्यो पनी सोच्नु पर्ला । बसाइ को सँग ? एक्लै । ओ किन साथी संगी मन पर्दैन ? म भावुक भन्दै सोधे । मन पर्छ तर के गर्ने यस्तै हो । पहीले देखी नै एक्लै बस्दै आई रहेको छु । ए त्यसो पो अनी प्रेम दिवस का लागी सोच कस्तो छ ? केही छैन ,र कोही छैन त्यसैले सोच पनी छैन । गफ त होइन नी ? साच्ची भनेको किन ढाटनु ।

तपाइको सोच नी ? म धेरै पछी उसलाइ भेटदै छु ? ए त्यसो पो उसको लागी नै जादै हुनुहुन्छ हो ? नाइ काम विसेशले जादैछु तर उस सँग को भेट यादगार हुनेछ । ओ प्रेम दिबस को शुभकामना तपाइको सोच सफल रहोस । धन्यबाद । उ निदाउने चेश्टा गर्दै थिई । ममा एक किसिमको रफतार बढदै थियो । त्यस्तै रातको ८ बजेको हुदो हो । कलंकी मा जाम्म पर्‍यो । उ निन्द्रामा नै थिइ । फोन आयो म झस्कीए उसैको थियो । उठाए हेलो कहाँ आउनु भयो ? फोन पनी गर्नु भएन ? ढिला भयो त ? सुन न तिमीलाइ थाहा नै छ नी कलंकी म त्यही छु । ए जाम मा हो । कती बज्ला त ? अव खुल्छ की जस्तो छ । ए हो ल ल ।

फोन काटन नपाउदै जाम खुल्यो , केही समय पछी गाडी बसपार्कमा रोकीयो । निकीतालाइ उठाए उ उठी म झर्दै थिए उसले हात हल्लाइ बाइ को संकेत दिदै थिई । मैले कmक गरे परीलाई म आइपुगे भनेर । उसले ठाउको संकेत गरी । म उस को प्रतिक्षामा थिएँ । उसले मलाई जहाँ बस्न भनेकी थिई, म त्यही थिएँ । एकपल्ट घडी हेरें । समय भै सकेको थियो । उ यसै कतैबाट कुनै पनि समय आइपुग्न सक्छे । कसैले देख्ने हो की ? देख्यो भने के होला ? कति बेला आउने हो ? भन्ने डरमा मेरो मुटुको धड्कन बढेको थियो । मेरो साइडमा खस्याक खुर्सुक गर्छ । मैंले सोच्छु अब ऊ आइपुगी । अहँ ! हैन रहेछ । फेरि एकछिन पछि ढकढक सुनिन्छ ।

लाग्छ त्यही आएकी हुनुपर्दछ । बाटोमा उभिँदा उभिँदै मन त्यही छ । म त्यही ढुङ्गामाथि थचक्क बसें । म डरले कापीरहेको थिएँ । साँच्चि रात निकै परेको थियो , गल्लीका कुकुर एकोहोरो कराई राखेका थिए । हावा जोडदारले सुसाई रहेको थियो । म उसको बाटो हेर्दे थिएँ । म चाहन्थे उ एकै पल झड्का यहाँ आइपुगोस् । मैंले यो पछिल्लो प्रतिक्षा भोग्दै थिएँ । ढोकाको खिल्टिक आवाजले मेरो नजर सिधै ढोकामा परे । अहँ ! पटक्कै ढोका खुलिएन । खै किन हो उसले अझसम्म ढोका खोलिन ।

उसले भुल्न त भुलिन ? समय कति भयो । घडी हेरें । पन्ध्र मिनेट बढी भइसकेछ । लाग्छ, अब ऊ आइपुग्छे । मेरो लागि बन्दोबस्त मिलाई सकि । ढोका खोलियो । म ढुक्क भएँ । उसले लाइट बाली । मेरो सामु आई । दुवै भित्र छि¥यौं । कोठाको एकापट्टि भित्तामा परी र उसका साथीहरुको फोटा फ्रेममा राखी झुण्डाइएको थियो । अर्कोपट्टि भित्तामा निकै नै राम्रा पंक्षी, फुल, सिन अनि हिरो हिरोइनका फोटाहरु टाँसिएको थियो । कोठाको दाहिने साइडमा ऊ सुन्ते बेड थियो ।

आउन भित्रै यहाँ बस । उसले खाटतिर बस्ने संकेत गरी बोलाई म डराई डराई खाटमा बसें । उसले झ्याल बन्ध गरी पर्दा लगाउन थाली । खाटको सिधा अगाडि एक टेबुल थियो । टेबुलमा उसका अनेकौं किताबहरु थिए । त्यसमध्ये एक किताब अनि कापी पल्टाईएको थियो । टेबुल साइडमा एक निकै नै सुन्दर दराज थियो । दराज माथि अर्को फोटाहरु पनि । उसको परिवारको नै हुनुपर्दछ । उही जोडीका तस्वीर । दराजको ऐनामाथि लेखिएको थियो – खबभिलतष्लभ मबथ ।

खाटको कुना टासीमा उसका मेकअपका सामान र बहुमुल्य गिफ्टहरु सजाएर राखिएको थियो । खाट सिधा माथि काठमा विभिन्न उसका उपभोग्य वस्तुहरु झुण्डाइएको थियो । फोटाहरु सजाइएको सामानहरु, किताबहरु, त्यहाँ भएका हर वस्तुहरु निकै नै सुन्दर छन् । कोठा आर्कषक तरिकाले सजाइएको थियो । टेबुलको घडीले ९ बजेको देखाइरहेको थियो । परी मेरो सामु आई र मुस्कुराउँदै थ्याच्च बसी । सञ्चै छौ झपाटे ? ऊ बोली एकदमै । अनि तिमी नि ? मैंले भने । बाँचेर्कै छु….. ह्याप्पी ‘प्रेम दिवस’ झपाटे । सेम टु यु । मैंले भने । हामी दुवैबीच मौन छायो । उसले कपाल छोडेकी थिइ ।

उसको लामो कपालले सुन्दरता थपिरहेको थियो । उसले रातो टिमिक्क कुर्ता लगाएकी थिई । म अझ उसको नजिक गएँ । लाग्यो, मलाई बिजुलीको नाङ्गगो तारले छोयो । झन् उसको हेराईमा मायाको नसा चढ्यो । दुवै हातले गाला मुसार्दै बोलें, परी मेरी प्यारी मलाई कति माया गर्छौ । मुसुक्क हाँस्दै लजाएर मुन्टो मेरो छातीमा लुकाई । मेरा सम्पूर्ण अङ्गहरु प्यासको नशाले मटारिएको मैंंले अनुभव गरें । आँखा तिरमिराए, ओठ सुक्यो । फेरि गाला चेप्दै कोमल स्वरमा भने, किन लजाएकी भनन ? आफूलाई भन्दा बढी…. भन्दै फेरि अँगालो हाली ।

ओहो ! कति लजाएकी । म आफूलाई थाम्न सकिन । यो एउटा तिर्खा थियो । म तिर्खाई रहेको थिएँ । मैंले अँगालो भित्र कस्दै लगें । केही छिन पछी ऊ छुट्टिई । उसका आँखामा नशा चढ्दै गइरहेको थियो । एक्कासी घोप्टिएर भन्न थाली, पख न .. बेला भा छैन । म केही पर सरें । यसो भित्तातिर आँखा घुमाउँछु । भित्तामा उच्छ«ङखल चित्रले मनै उजाड लाग्दो बोझ भएर आउँछ । अनि म के गरौं कसो गरौं भनी आफै चञ्चल हुन्छु । चञ्चल मन लिएर म बिस्तारै बोल्छु, परी तिमीले मलाई किन तड्पाएकी ? किन नबोलेकी ? अझ तिमीलाई थाहा छ म तिम्रै यादमा डुबेर सँधै तिमीलाई पुरानो ठाउँमा पर्खन्थें । म पनि तिमीलाई त्यही दिनको प्रतिक्षामा कुरिरहन्थें । तर तिमी कहिल्यै फर्केनौ ।

म एक्ली भएँ । छट्पटिएर बेचैन बनें । ऊ बोली । साँच्चि कि ख्याल ख्याल ? मैंले भने । साँच्चि मैंले त ढाँटेको होइन । तर तिमीले यसमा हतार ग¥यौ । मैंले नाई ! भन्नै कर लाग्यो । जे होस् बिर्सिदेऊ पुराना कुराहरु नयाँ कुरा गरौं न । मैंले भने, के कुरा आखिर नयाँ त्यस्तो के नै छ र ? उसले सिधै भनी । ल ठिकै छ भैगो हामी अरु कुरा छोडौं । भन त तिमीले रातमा मेरो सपना त देख्छौ ? प्रत्येक दिन तिम्रै सपना त देखेको हुन्छु नि । हेर न झुट बोल्न जानेकी । तिमीलई झुट बोले जस्तो लाग्छ र । अँ त्यस्तै म उसको नजिकै हुन्छ र खुट्टाका औंला हेर्दै बोल्छु, बुढीऔंला लामो हुने केटीलाई बुढाले कुट्छ रे तिमी पनि ……।

हेर न जानेको ? के जाने चेपारो घस्न । ऊ खित्का छोड्दै हाँसी । उसको हाँसोसँगै उही पारामा म पनि हाँसें । हामीबीच यस्तै कुरा धेरैबेरसम्म भयो । निन्द्राले आँखा पोल्न थाल्यो । हुन सक्छ पहिलाको भन्दा अब आउने समय अचुक होस् । मैले घडी हेरें रातको तीन बजिसकेकोक थियो । मैले देखिराखेको थिएँ, उसको अनुहार मलिन हुँदै जाँदै थियो । फेरी हुँदाहँुदा यो अवस्थामा पुगी जहाँ उसले संसार भुल्नमात्र बाँकी थियो । उ दयालु ,माया र मीठो वाण सहित ब्यक्त गरी। तर म पुरै अचेत भै सकेको थीएँ । तै पनी उसले वियोग भविष्य सोचीन बरु अचानक मलाइ झम्टीएर मीठो स्पर्शले अँगालोमा कसी रोइ..यती रोइकी लाग्छ, यती धैरै कहील्यै रोएकी थिइन ।रोउ, बस रोइरह !

आजीबन म के भन्न सक्छु र । म त रुन्न रोए पनी छुन्न ।त्यसै भित्र म छु , दोष कसलाई दिऊ कही नभएको पुरुष म….. मलाइ जाडोमा तातो घुर नभइ नहुने , कसैले छातीमा हात नराखिदीए निद्रा नआउने….. किन गाँसीदै जान्थे। त्यतीले पुगेन छुदा पनी छोएन…कही नलागेको तीर्खा यो कतै कँही नमेटीने “पल–पल, क्षण–क्षण” यस्तो प्रे्रम प्रिती तेरो भाडमा जाओस्….। म अल्पत्र छु ,गल्लीका कुकुरहरुले चिनिसके । बाचा त्यो दोष अगन्ते अमीट हो, दुवै मुटु अनी के त ? श्वास पल–पल ठक्कर खाँदा….खै कै पाए त ? त्यही उपहास त हो नि । लौ लैजाउ लान मील्ने भए म सोच्दीन बोल्दा पनी बोल्दीन । त्यसैमा त म छु ।।। यो आत्मा हो मेरो हो या तिम्रो। जिदी गर्छ र त ठाउ ठाउमा जिताउन मन लाग्छ । म नाजवाफ भए । ऊ मेरो काख छोडी, देब्रे हात उचाली । घडी हेरेको हुनुपर्दछ । झपाटे माया नमार है । ऊ बोल्दा बोल्दै निदाउन थाली म पनि त्यस्तै । केही बेर कुरा गरी दुवै सुत्यौं । भोलिपल्ट बिहानै उसले मलाई बाहिरसम्म छोडिदिई । म त्यहाँबाट बाहिरिए ।

ईश्वर सापकोटा
बे.न.पा. २ खवरा