शिवालय गुफा संरक्षण समितिको अधिवेशन

  • १ फाल्गुन २०७४, मंगलवार
  • 1229 पटक पढिएको

जलजला १ फागुन । जलजला गाउँपालीका ४ मा रहेको शिवालय गुफा संरक्षण समितिको १८ औ साधारणसभा तथा छैठौ अधिवेशन मंगलबार मल्लाजमा सम्पन्न भएको छ ।

अधिवेशनले मेघनाथ पौडेलको अध्यक्षतामा समितिको कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जमुना मल्ल, सचिवमा हिराबहादुर जिसी, कोषाध्यक्षमा भगीरथ आचाय र सहसचिवमा कृष्णप्रसाद पौडेल रहनुभएको छ । सदस्यहरुमा शर्मीला मल्ल हमाल, पदमकुमारी मल्ल, उमादेवी सुवेदी, रामबहादुर आचार्य र टुङ्गनाथ पौडेल चयन हुनुभएको छ ।

वडा अध्यक्ष भिष्म मल्लको प्रमुख आतिथ्यता, मेघनाथ पौडेलको अध्यक्षता, भुवन मल्लको सञ्चालन र कृष्णप्रसाद पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा गोपालप्रसाद आचार्य, शशी शर्मा आचार्य र टेकनाथ आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । जमुना मल्लले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।