विश्वलाई एक सुत्रमा बाध्ने पर्व – महाशिवरात्री

  • १ फाल्गुन २०७४, मंगलवार
  • 1752 पटक पढिएको

आज हामी २१ औ सताब्दीको आधुनीक काल वा विज्ञानको युगमा अनेक भौतिक सुखको आनन्द त लिइनै रहेका छौ तर जुन आन्तरीक सुखको अन्र्तआत्माले अनुभूति गर्न चाहन्छ त्यो उसले प्राप्त गर्नमा असक्षम भइरहेको छ। मानव जीवनमा आज व्यक्तिगत खुशी, आनंद–उमंगको जन्म, व्यवसायिक सफलता वा उन्नती आदि सँग सम्बन्धित धेरै कम अवसरहरु रहन गएका छन् जबकि सार्वजनिक, सामाजिक वा संगठित रुपमा खुशीको आदान–प्रदान, स्नेह, सद्भावनालाई सुदृढ गर्न वा अलौकिक आनंदबाट अभिभूत हुने अवसर त मानौ नगण्य हुदै गइरहेको छ।

यसै कारणले मानव एकांकी परिवार, व्यवसायिक परिवेषमा तनाव, चिंता वा कमजोर सोच विचारमा जुझ्दै जीन्दगी बोझिलो तरीकाले काट्नमा मजबुर बनेको छ। पर्व वा उत्सव वास्तवमा मानव जीवनमा एक नयाँ स्फूर्ति, जिज्ञासा, ताजगी, उमंग–उत्साह वा अतिन्द्रिय सुखको उजागर गर्नको लागि प्रारम्भ भएको थियो तब नै उनमा श्रद्धा, प्रेम, सद्भावना थियो। अब विस्तारै–विस्तारै श्रद्धा वा प्रेम खत्म हुदैँ गईरहेको छ। यसको मुल कारण हरेक उत्सवको वास्तविक आध्यात्मिक रहस्य, रशम वा प्राप्तिहरुबाट अनविज्ञ रहनु हो।

पर्वतको उच्च हिमालय देखि लिएर सागर सम्म शायद नै कुनै यस्तो स्थान होला जहाँ परमात्मा शिवको प्रतिमा स्थापना नगरीएको होस्। शायद कुनै यस्तो धर्मग्रन्थ होला जसमा परमात्मा शिवको गायन वा महिमा नगरीएको होस्। तर परमात्मा शिवको असल परिचय, अवतरण वा कर्तव्य आदि कुराबाट मनुष्य अनविज्ञ छ। यदि मानव यि सत्य कुराहरुलाई जान्दछ कि परमात्मा को हो?, कहिले, कसरी प्रगट हुनुहुन्छ वा आएर के गर्नुहुन्छ तब सबै मनुष्यात्मा परमात्मा शिव माथि आफ्नो सबै कुरा न्योछावर गरे बिना रहन सक्दैन। यस शिवरात्री पर्व द्वारा पूरा विश्वलाई एकताको सुत्रमा बाध्न सकिन्छ।

शिवरात्री त्यो जमानाको यादगार हो जबकी विश्वमा चारैतर्फ अज्ञान अंधकारले ढाकेको थियो, भाई–भाईमा आपसी मतभेद थियो, नारीलाई आफ्नो इज्जत जोगाउन कठिन भइरहेको थियो। त्यो महाशिवरात्रीको समय मनुष्य तड्पीरहेको हुन्छ, रक्षा गर्ने कोहि पनि नजिक देखिदैन त्यस समय ब्रह्मलोकबाट एक अमर ज्योतिको अवतरण भएको थियो, जसको दिव्य प्रकाशले सारा जग जगमगाइरहेको थियो। त्यो ज्येतिको नाम हो ‘परमात्मा शिव’ । शिवको अर्थ हो कल्याणकारी। सबै मनुष्यहरुको नाम शरीरसँग आधारित हुनाको कारण यो नाम विनाशी छ र देह परिवर्तनको साथ उसको नाम पनि बद्लीन्छ तर परमात्मा अशरीरी, जन्म–मरणको चक्रबाट न्यारा हुनुहुन्छ, उहाँको नाम अविनाशी र दिव्य छ।

उहाँको रुप दिव्य ज्योतिविन्दु छ त्यसैले परमात्मा शिवको प्रतिमालाई ज्योर्तिलिंग अथवा शिवलिंग भनेर भनिन्छ। भारतखण्डको १२ मुख्य मन्दिरलाई यसै कारणले ज्योर्तिलिंगमको मन्दिर भनेर मानिन्छ। हिन्दु राष्ट्रको इतिहास, धार्मिक ग्रंथ र सारा देशको कुना–कुनामा शिवको मूर्तिहरु मिल्दछन्। जसरी भारतको उत्तरमा अमरनाथ, हिमालयमा केदारनाथ, वाराणासीमा विश्वनाथ, चित्रकूटमा लिंगविजेंदर, प्रयागमा ब्रह्मेश्वर, उज्जैनमा महाकालेश्वर, मध्यप्रदेशमा अर्को प्रसिद्ध मंदिर ओंकारनाथ, बिहारमा बैद्धनाथ, गंगा–सागरको संगममा संगमेश्वर, आसाममा भीमाशंकर, सौराष्ट्रमा सोमनाथ र दक्षिणमा रामेश्वर आदि। त्यसैगरी नेपालमा पनि पशुपतिनाथ, मुक्तिनाथ आदि परमात्मा शिवको धाम रहेका छन्।

यस प्रकार ठाउँ–ठाउँमा परमात्मा शिवको मान्यताको रुपले ज्योतिविन्दु शिवको याद दिलाएको हुन्छ। यी सबै मंदिर वा धार्मिक मठपंथले संपूर्ण मानवआत्मामा भावनात्मक एकता ल्याउदछ र सारा विश्व शिवभूमी हो भन्ने सन्देश दिन्छन्। न केवल भारतखण्डमा वा हिन्दु धर्मवाला मात्र परमात्मा शिवको सम्मान दिन्छन् बल्कि विदेश वा अन्य धर्ममा विश्वास राख्नेवालाले पनि परमात्मा शिवलाई मान दिन्छन्। उदाहरणको लागि रोममा इसाई धर्मका क्याथोलिक मानिसहरु गोल आकार वाला पत्थरलाई आजसम्म पनि पुज्ने गर्दछन्। अरबमा मक्काको तीर्थ स्थानमा मुस्लिम यात्रीले पनि यसै प्रकारको पत्थर जसलाई संग–ए–असवद वा मक्केश्वर मानेर चुम्बन गर्ने गर्दछन्।

जापानमा रहनेवाला जो बुद्ध धर्मका अनुयायी जब साधनाको लागि बस्दछन् तब उनीहरुले आफ्नो अगाडी शिवलिंग जस्तै पत्थर ३ फुटको दुरीमा ३ फुटको उच्च स्थानमा ध्यान लगाउनको लागि राख्दछन्। यसको अतिरीक्त मिस्रमा ओसीरीज, बेबोलानमा सीआन नामबाट परमात्मा शिवको पूजा आराधाना हुने गर्दछ जबकी सीरीया, युनान, स्पेन, जर्मनी, अमेरीका, मेक्सिको, सुमात्रा एवं जावा द्धिप आदि देश एवं विभिन्न स्थानमा पनि परमात्मा शिवको यादगार रुप देख्न सकिन्छ। यति मात्र नभएर स्कट्लैण्डको प्रसिद्ध नगर ग्लासगो, तुर्किस्थान, ताशकद, वेष्ट इंडिज, ग्याना, लंका, स्यामा, मारीशेस आदि स्थानमा पनि शिवलिंगको पूजा हुने गर्दछ। गुरु नानकले एकोंकार भनेर गायन गरेका छन्। यी सबै कुराबाट स्पष्ट छ कि परमपिता शिव परमात्मा कुनै एक धर्मकाले पूज्ने मात्र होइन बल्कि विश्व भरका सर्व आत्माहरुका परम पूज्य पिता हुनुहुन्छ।

परमात्मा शिव अजन्मा, अभोक्ता एवं ब्रह्मलोक निवासी हुनुहुन्छ। अजन्मा यसैले भनिन्छ कि उहाँ मानव वा अन्य प्राणि जसरी जन्म लिनुहुन्न जसबाट कर्मबन्घन बनोस्। परमात्मा धर्म ग्लानीको समयमा जब सारा मानव आत्माहरु पाँच विकारका कारण दुःखी, अशान्त, पतित, भ्रष्टाचारी बन्न पुग्छन्, तब उनिहरुलाई पुनः पवित्र बनाउनको लागि यस साकारी सृष्टिमा एक साधारण वृद्ध तनमा पराकाया प्रवेश अथवा अवतरीत हुनुहुन्छ, जसलाई नै परमात्माको दिव्य अलौकिक जन्म भनिन्छ। परमात्मा शिवको यो दिव्य अवतरणको पावन स्मृतिको यादगार नै शिवरात्री अथवा शिवजयंती पर्व मनाउने गरीन्छ। यो मात्र १०–१२ घण्टाको रातको कुरा नभएर यो अज्ञानता, पापाचार एवं नराम्रो प्रवृतिले छोपेको कलियुगी समयको प्रतिक हो।

शिवरात्री फाल्गुन महिनाको कृष्णपक्षको चतुदर्शीको अध्यारो रात अमावस्यको अघिल्लो दिन मनाउने गरिन्छ। शिवरात्रीको दिन शिवका भत्तजनहरुले शिवलिंगमा धतूरो, बयर, बेलपत्र इत्यादी चढाउछन्, रातमा जागरण बस्ने र व्रत बस्ने गर्दछन्। धतूरो विकार एवं नशालु पदार्थको, बयर घृणाको र बेलपत्र काम, क्रोध, अहंकार जस्ता मुख्य तिन भूतको प्रतिक हुन् जसलाई परमात्मा शिवमा चढाउनु पर्छ तथा आत्माको ज्योती जगाउने जागरण वा पवित्र रहने व्रत लिनु पर्छ। परमात्मा शिवको स्मृति नै वास्तवमा त्यो शुमन्त्र वा तारक मन्त्र हो जसबाट सर्ब सिद्धि प्राप्त गर्न सक्छौ।

आज पुनः त्यही घडि, त्यही दशा, त्यही रात्रीको समय छ जब मानव समाज पतनको चरम सिमा सम्म पुगेको छ। अब कलियुग अन्त र सत्ययुग आदिको संगमयुुगमा नै स्वयंभू परमात्मा शिव मनुष्य आत्माहरुको निभ्न लागेको ज्योतीलाई जगाउनको लागि भारतमा प्रजापिता ब्रह्मा को साकार तनमा अवतरित भएर ईश्वरीय ज्ञान एवं राजयोगको शिक्षा दिनुहुन्छ। विकार वा नराम्रो कर्मबाट मुक्त गरेर दैवी स्वराज्यको स्थापना गर्दै हुनुहुन्छ। त्यसैले प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय द्वारा सम्पूर्ण विश्वका १३० देशमा आफ्नो ४००० भन्दा धेरै राजयोग केन्द्रहरुको माध्यम महाशिवरात्रीको पावन पर्व धेरै धूमधामसँग मनाइरहेको छ। त आउनुहोस् हामी सबै परमपिता परमात्मा शिवको यस दिव्य जन्ममा विकार, व्यसन, आपसी मतभेदलाई त्याग गरेर विश्व शान्ति, सद्भावना, नैतिक, आध्यात्मिक चरित्र उत्थान गर्ने प्रतिज्ञा को रुपमा मनाऔ ताकि मानवता सुख–शान्ति सम्पन्न बन्न सकोस्।
ओम् शान्ति !!!
ब्रह्माकुरी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र
बेनी, म्याग्दी