जलजलाका जनप्रतिनिधीहरुलाई तालीम

  • २९ माघ २०७४, सोमबार
  • 1881 पटक पढिएको

जलजला, २९ माघ । पर्वतको जलजला गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि हरूको लागि सामाजिक सुरक्षा तथा योजना व्यवस्थापन सम्बन्धि २ दिने गोष्ठि सोमबार मल्लाजमा सम्पन्न भएको छ ।

जलजला गाउपालिकाका अध्यक्ष यामबहादुर मल्लको अध्यक्षता, नासु भुवनबहादुर मल्लको सञ्चालन र प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा वडा नं ३ का अध्यक्ष देविन्द्रबहादुर भण्डारी, वडा नं ५ का अध्यक्ष तिलकबहादुर जि सी ले सहभागी तथा सहजकर्ता हरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, पर्वत जिल्ला का स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसाल, अधिवक्ता हरिनारायण रेग्मी, राष्ट्रिय युवा परिषद बागलुङको अध्यक्ष विष्णु पौडेल र मिनबहादुर थापाले गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय स्रोत र साधनको पहिचान, स्थानीय कानुन, योजना छनोट तथा व्यवस्थापन, सामाजिक सुरक्षा एवं पञजिकरण लगायतका विषयमा छलफल गरिएको थियो ।