म्याग्दीकी थापा प्रतिनिधिसभा सदस्यमा चयन

  • २९ माघ २०७४, सोमबार
  • 2253 पटक पढिएको

बेनी २९ माघ । नेकपा एमालेले पोलीट ब्युरो सदस्य थममाया थापालाई समानुपातीकतर्फ प्रतिनिधिसभा सदस्यमा चयन गरेको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातीकतर्फका प्रतिनिधीसभा सदस्यहरुको सूचिको पाँचौ नम्बरमा आदीवासी, जनजाती, महिला कोटाबाट थापाको नाम परेको छ ।

म्याग्दीको रघुगंगा गाउँपालीका ७ चिमखोलाकी महिला नेत्री थापा यसअघि २०६४ को संबिधानसभामा एमालेबाट समानुपातीक सांसद बन्नुभएको थियो ।

एमालेबाट बैकल्पीक केन्द्रिय सदस्य बागलुङकी महिला नेता मनकुमारी जिसीलाई खस आर्य महिला कोटाबाट प्रतिनिधिसभामा समानुपातीक सांसद बनाएको छ ।

नेपाली काँग्रेसले पर्वतका नेता लालकाजी गुरुङलाई प्रतिनिधिसभा सदस्यमा चयन गरेको छ ।

सबै दलले सोमबार निर्वाचन आयोगमा समानुपातीक सांसदहरुको नाम बुझाएपछि प्रतिनिधिसभा सदस्यहरुले सपथ लिने बाटो खुल्ने जनाइएको छ ।