बैसरीमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाईते

  • २८ माघ २०७४, आईतवार
  • धिरन खत्री
  • 8074 पटक पढिएको

म्याग्दी, २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडक खण्ड अन्र्तगत रिठाबोटमा सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको थियो ।


जिप दुर्घटनामा शक्त घाईत भएका मध्ये २ जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।


मृत्यु हुनेमा बोलेरो चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ का भुपिन पुन र यात्रु शिखकै रितु तिलिजा पुन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनमा परि घाईते अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी कल्पना गर्वुजा र पोखरा अर्चलबोट बस्ने दिपा पुनलाई थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।


बेनीदेखि शिख जाँदै गरेको सो जिपमा चालक सहित ५ जना सवार रहेको घाईतेहरुले बताएपनि अहिलेसम्म एक जनाको अवस्था पत्ता लाग्न नसकेको घटना स्थलमा पुग्नुभएका प्रहरी नायब निरिक्षक मिनबहादुर थापाले जानकारी दिनुभयो ।

दुर्घटनालगत्तै स्थानीयबासी र प्रहरीद्धारा घाईतेहरुको उद्धार गरिएको थियो । तस्बिर : प्रदिप पुन धिरन खत्री,ईश्वर खत्री

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l