यि हुन् यू–१२ फुटबल नेपाली टोलीमा छनौट भएका म्याग्दीका अनुपम

  • २७ माघ २०७४, शनिबार
  • 3315 पटक पढिएको

यू–१२ अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिताको लागि म्याग्दीका अनुपन श्रेष्ठ छनौट भएका छन् । श्रेष्ठले जापानमा हुने कोपा पुमा टोरेरस फुटवल प्रतियोगितामा सहभागिता जनाउने छन्। आगामी चैत्रमा हुने उक्त प्रतियोगिताको लागि गरिएको विभिन्न छनौट चरण पार गर्दै उत्कृष्ट ३० जनाभित्र परेका श्रेष्ठले गत साता भएको अन्तिम छनौटबाट समेत नेपाली टोलीमा आफ्नो स्थान पक्का गरेका हुन्।


फन रुट्स एकेडेमी जापानका प्रशिक्षक वसन्त गौचन, उक्त संस्थाका संचालक जुन हिरानो, राखेपका पूर्व फुटवल प्रशिक्षक द्धय शम्भु केसी र राजेन्द्र तामाङले पोखरा रंगशालामा गरेको अन्तिम छनौट प्रतियोगिताबाट १२ सदस्यीय नेपाली फुटवल टोलीको घोषणा गरेका थिए । उक्त टोलीमा अनुपन श्रेष्ठका साथै नोर्बु लामा, श्रेयस थापा मगर, मनोज विश्वकर्मा, मनिष सिंजाली, रितेश गुरुङ, मनिष क्षेत्री, सुवास गुरुङ, राजकुमार गुरुङ, अनिल सुचिकार, साइमन गौचन र अजित श्रेष्ठ रहेका छन्।

उक्त नेपाली टोलीले ब्राजिल, स्पेन, जर्मनी, अष्ट्रेलिया, दक्षिण कोरिया, चीन, ताइवान, घाना, जापान लगायतका फुटवलमा उत्कृष्ट मानिने देशहरुका यु–१२ फुटवल टोलिसंग प्रतिस्पर्धा गर्ने जनाइएको छ । उक्त प्रतियोगिताका लागि पहिलो रोजाइका मुख्य स्टाइकरमा अनुपम श्रेष्ठ छनौट भएका छन् ।  छनौटमा परेका श्रेष्ठ सहितको टोलीलाई पोखरा रंगशालामा साढे १ महिनासम्म अभ्यास खेल खेलाएर चैत्रमा जापानमा हुने प्रतियोगितामा सहभागी गराईनेछ ।

बेनी नगरपालिका–७ का निज श्रेष्ठ बेनी बोडिङ्ग स्कुलमा अध्ययनरत छात्र हुन् । अन्र्तराष्ट्रिय प्रतियोगितामा श्रेष्ठको छनौटले विद्यालय परिवार प्रसन्न रहेको प्रिन्सिपल पुस्कर केसीको भनाई छ । गत बर्षको यसै प्रतियोगितामा म्याग्दी राखु मौवाफाँटका निराजन खत्रीको सहभागिता र उत्कृष्ट प्रस्तुतिलाई यस बर्ष पनि निरन्तरता दिने म्याग्दीको अवसरप्रति खुसी व्यक्त गर्दै म्याग्देली खेलकुदप्रेमीहरु उत्साहित छन् ।

नागरिक समाज म्याग्दीका अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ एवम् जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले यस सुखद समाचारलाई म्याग्दीकै गौरबको रुपमा लिएको बताए । सानै उमेरदेखि फुटवल खेलमा बिशेष रुचि राख्ने श्रेष्ठका अभिभावक अजयमिलन श्रेष्ठ र सिर्जना श्रेष्ठले सफलतामा सद्भाव राख्नुहुने सबैप्रति आभार प्रकट गरेका छन् ।