मुक्तिधामबाट एसईई परिक्षामा सहभागि जेहन्दार विद्यार्थीका लागि वडा अध्यक्षको पहलमा ४२ हजार  सहयोग

  • २७ माघ २०७४, शनिबार
  • 1683 पटक पढिएको

म्याग्दी, २७ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखुभगवतीमा रहेको मुक्तिधाम माध्यमिक विधालयबाट २०७४ सालको एसईई परिक्षामा सहभागि विपन्न परिवारका जेहन्दार विधार्थीका लागि ४२ हजार रुपैया सहयोग प्राप्त भएको छ । वडा अध्यक्ष रिमबहादुर कटुवालको पहलमा संकलन भएको रकम विद्यालयका प्रअ अम्मरबहादुर कटुवाललाई सो हस्तान्तरण गरिएको हो ।


२०७४ सालमाको एसईई परिक्षामा सहभागि विद्यार्थीले राम्रो नतिजा प्राप्त गर्नका लागि विधालयले ब्यवस्था गरिएको छात्राबासमा लाग्ने खर्च जेहन्दार विद्यार्थीलाई सहज गराउन लागि सो सहयोग प्राप्त भएको विद्यालयका शिक्षक मोहन कार्कीले जानकारी दिए ।

सो सहयोग वडा अध्यक्ष रिमबहादुर कटुवालको पहलमा सहयोग संकलन भएको थियो । सदरमुकाम बेनीमा रहेका सफल युवा ब्यवसायी कमल सुनचादी पसलका संचालन कमल विश्वकर्मा, उजाला कन्स्ट्रक्सनका नन्द खत्री÷ चित्र खत्री, रारा हार्डवयरका ईश्वर खत्री, कुमार थापा, बुद्धिबहादुर कार्की, रारा अटोमोवाईल्सका रिम कटुवाल र हरि भण्डारीबाट ७ हजार रुपैयाँको दरमा सहयोग प्राप्त भएको थियो । सो प्राप्त सहयोगलाई विद्यालयमा अध्ययनरत एसईई परिक्षामा सहभागि जेहन्दोर विद्यार्थीको सफलताका लागि हस्तान्तरण गरिएको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।

सो सहयोग बुझ्दै– प्रअ केसीले सहयोग दाताँहरुलाई धन्यवाद दिदै यो सहयोगलाई एसईई परिक्षामा सहभागि जेहन्दार विद्यार्थीका लागि प्राप्त सहयोग प्रयोग गर्ने बताए । तस्विरः मोहन कार्की