शिवको नृत्य अवतारः

  • २७ माघ २०७४, शनिबार
  • 2205 पटक पढिएको

 


म्याग्दी, २७ माघ । बेनी नगरपालिका ९ गलेश्वरमा ९ रोपनी विशाल चक्रशिलामाथि रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भगवान शिवको नृत्य अवतार राखिएको छ । १०८ शिवलिङ्ग रहेको ठाउँमा शिवको नृत्य अवतार राखिएको हो । सो नृत्य अवतार करिव ५ लाख रुपैयाँ बराबर खर्चमा निर्माण गरिएको क्षेत्रकिकास कोषले जानकारी दिएको छ । हजारौँ सख्याँमा धार्मिक पर्यटकहरुको भिड लाग्ने अलौकिक धार्मिकस्थल गलेश्वरधाममा भगवान शिवको पुजा गरिदै आएको छ । तस्विरः धिरन खत्री