६० लाखको भार बोके कलाकार धुर्मुस–सुन्तलीले

  • २७ माघ २०७४, शनिबार
  • 2029 पटक पढिएको

काठमाडौं, २७ माघ ।विपन्न बाढीपीडितका लागि सन्तपुरमा एकीकृत नमुन्ना बस्ती निर्माण गरेका कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस)–कुञ्जना घिमिरे (सुन्तली) बिहीबार ऋणको भारी बोकेर फर्केका छन्।

चन्द्रपुर ८ सन्तपुरमा धुर्मस–सुन्तली फाउन्डेशनले हस्तान्तरण गरेको एकीकृत नमुना बस्तीनिर्माणका क्रममा गरेको ऋणमध्ये ६० लाख रुपैयाँ चुक्ता गर्न बाँकी छ। बस्ती निर्माणकाक्रममा टावर निर्माण, ट्रस्ट निर्माण, निर्माण कार्यमा खटिएका केही मिस्त्रीको ज्याला,बस्तीका घर रंगरोगन गर्न पसलबाट ल्याइएको पेन्टको रकम गरी ६० लाख रुपैयाँ बक्यौतारकम तिर्न बाँकी रहेका कारण दाताको खोजीमा राजधानी काठमाडौंतर्फ लागेकोफाउन्डेशनका अध्यक्षसमेत रहेका कलाकार कट्टेलले बताए।

‘राजधानीमा पुगेर दातालाई गुहार्छौं,’ उनले भने, ‘विश्वास छ अपुग रकम उठ्छ।’ बस्तीहस्तान्तरणको दिनसम्म करिब ७० लाख रुपैयाँ अपुग थियो। हस्तान्तरण कार्यक्रममा खुलाहृदयले दाताले आर्थिक सहयोग गरेपछि अपुग रकम ६० लाख रुपैयाँमा झरेको उनले सुनाए।बस्तीमा ४७ वटा पक्की घर, एउटा समामुदायिक भवन, एउटा अनौपचारिक बाल विद्यालय,एउटा क्लब भवन, एउटा फलामको अग्लो भ्युटावर, २ वटा मन्दिर, एउटा बाल उद्यान, २वटा प्रतीक्षालय, एउटा प्रवेशद्वार, एउटा आकस्मिक प्रवेशद्वार र दातको नाम उल्लिखितस्तम्भ निर्माण भएको छ। ९२ जना बालबालिकासहित २ सय ८४ जना बुधबारदेखि बस्तीमाबस्न पाएका छन्।

बस्तीमा सरेका वृद्धवृद्धाले धुर्मुस–सुन्तलीको उत्तरोत्तर प्रगतिको कामना गर्दै रोएर बिदा गरेकाहुन्। बस्तीकै ज्येष्ठ नागरिक १ सय ७ वर्षीया रामकली देवी हजराले ‘तपार्इंहरूकै कारणपक्की घरमा बस्ने मौका पाएको’ भन्दै धुर्मुस–सुन्तलीलाई आभार प्रकट गरिन्। ‘तोहनी हमरालागि भगवान बाँड,’ उनले स्थानीय भाषामा भनिन्, ‘तोहनीके पाके हमरा पक्की घरमे बैठेकेमौका मिलल। तोहनी जुग जुग जि ह’ भन्दै उनले आशीर्वादसमेत दिइन्। धुर्मुस–सुन्तलीलाईबिदा गर्ने क्रममा बस्तीका सबैको आँखा रसाएको थियो। सबै भावुक भएर टोलीलाई बिदागरेका थिए। सुन्दर, सफा र पक्की घरमा बस्न पाएपछि बस्तीका सबै खुसी छन्।

यसअघि उनीहरू चन्द्रपुर ८ स्थित बागमती नहरको डिलमा फुसको टहरामा बसेर गुजारागर्दै आएका थिए। बाढी पीडितका लागि धुर्मुस–सुन्तली फाउन्डेशनले ५ करोड ९४ लाख ८७हजार ३ सय ९५ रुपैयाँको लागतमा बस्ती निर्माण कार्य सम्पन्न गरेको थियो। बाढीकाकारण घरवारविहीन भई नहरको डिलमा छाप्रोमा बस्दै आएका मुसहर, दुसाद, चमार,लोहार, तेली, थारू जातिका ४७ परिवारको बसोबासका लागि उक्त बस्ती निर्माण भएकोधुर्मुस सुन्तली फाउन्डेशनले जनाएको छ।

मागेरै १ सय ८६ घर निर्माणसहयोग मागेरै धुर्मुस–सुन्तली फाउन्डेशनले सन्तपुरलगायत देशका विभिन्न स्थानमा १ सय८६ वटा पक्की घर निर्माण कार्य पूरा गरेको छ। काभ्रेको एकीकृत नमुना पहरी बस्तीमा २०,सिन्धुपाल्चोकको गिरानचौर एकीकृत नमुना बस्तीमा ६६, महोत्तरीको महोत्तरी बर्दीवासएकीकृत नमुना बस्तीमा ५३ र रौतहटको एकीकृत नमुना सन्तपुर बस्तीमा ४७ पक्कीव्यवस्थित घर गरी १ सय ८६ वटा पक्की घर निर्माण गरिरएको हास्य कलाकार धुर्मुसलेबताए। यी बस्ती निर्माणका क्रममा करिब १७ करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ।‘सरकारले गर्न नसकेको काम हामीले गरिरहेका छौं,’ उनले भने, ‘तर हामीले गरेको काममासरकारी बजेट उपयोग गर्न सकिएको छैन।’

-कान्तिपुर