मलेसियामा नेपाली सुरक्षा गार्ड

  • २४ माघ २०७४, बुधबार
  • 2341 पटक पढिएको

मलेसियाले सुरक्षा गार्डका रूपमा नेपालीलाई मात्र विश्वास गरेको छ । ‘पिलन्धरे सुरक्षासम्बन्धी कुनै ज्ञान नभएको तर प्रमाणपत्र भएका’ नै भए पनि सुरक्षा गार्ड नेपाली नै हुनुपर्ने मान्यता मलेसियाको छ । इन्डोनेसियाली नागरिकको दबदबा रहेको मलेसियामा नेपाली सुरक्षाकर्मीबाट उनीहरू आफूलाई सुरक्षित सम्झन्छन् ।

मलेसियाले नेपालसहित चीन, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानलगायत १४ मुलुकका नागरिकलाई रोजगारीका लागि खुला गरेको छ । तर सुरक्षा गार्डका लागि नेपालीलाई मात्र विश्वास गरेको छ । मलेसियामा ८ सयभन्दा बढी कम्पनीमा नेपाली काम गर्छन् । तीमध्ये धेरै नेपाली सुरक्षा गार्डको रूपमा कार्यरत छन् ।

तस्बिर : म्याग्दी अनलाईन डट्कम