अपांगता भएका व्यक्तिले दिए सपांगलाई रोजगारि

  • २५ फाल्गुन २०७३, बुधबार
  • 7059 पटक पढिएको

म्याग्दी, २५ फागुन । यहाँका एक अपांगता भएका युवाले सपाङ्ग व्यक्तिहरुलाई समेत रोजगारिको अबसर सृजना गरेका छन् । तत्कालिन दश बर्षे शसस्त्र द्धन्द्धको क्रममा बेवारिसे बम लागेर दुबै हात गुमाएका बावियाचौर–६ सल्यानका ३० बषिय युवा सुरेन्द्र खत्रीले होटल व्यवसाय सञ्चालन गरेका हुन् ।

Surindra

सदरमुकाम बेनीको क्याम्पसचोक नजीकै मालिका रेष्टुरेण्ट सुरु गरेका अपांगता भएका खत्रीले अहिले चार जनालाई रोजगारि दिएका छन् । यस अघि अपांगता भएका व्यक्तिहरुको अधिकारको क्षेत्रमा क्रियाशिल रहेका खत्रीले रेष्टुरेन्ट व्यवस्थापन सहित सुरुवातमा करिब रु ७ लाख बढी लगानी गरिसकेको बताए ।‘‘ खेती किसानी गरौँ भने सकिदैन, छोराछोरीलाई पनि राम्रो शिक्षा दिनै प¥र्यो, त्यसैको कारण रेष्टुरेण्ट खोलेको छु,’’–उनले भने ।

परिवारको घरखर्च चलाउन आफै व्यवसायिक बन्नुपर्ने निचोडमा पुगेपछि रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरेको खत्रीको भनाई छ । रेष्टुरेण्टमा गाउँघरमा उत्पादन हुने उपजहरुलाई  बढी भन्दा बढी उपयोग गरि विभिन्न परिकारका खाजाहरु तयार गरिने खत्रीकी धर्मपत्नि एलिना खत्रीले बताइन् ।

दुबै हात नभएका खत्री जिविस अन्र्तगतको अपांग समन्वय समितिका उपाध्यक्ष र अपांग संघ म्याग्दीका सचिब समेत हुन् । बेवारीसे बम लागेर दुबै हातका पञ्जा गुमेपनि लामो संघर्षले गर्दा खत्री सामान्य मानिस सरह मोवाईल चलाउन, इमेल इन्टरनेट चलाउन, क्यामेरा, कम्प्युटरमा टाइपीङ गर्न, कपीमा लेख्न समेत सक्छन् ।