यदि म रघुगंगा गाउँपालिका प्रमुख भए भने…

  • २३ माघ २०७४, मंगलवार
  • 3495 पटक पढिएको

हिजो देशको संरचना, नियम, कानुन, योजना निमार्ण, कर्मचारीतन्त्र नियन्त्रण तथा अरु थुपै्र कुराहरुको कार्यन्यवन तथा नियन्त्रण केन्द्रले गथ्र्यो । त्यसैले सदरमुकाम बाहेकका सबै स्थलहरु ओझेल परिरहे । दश बर्षे जनयुद्धमा १७ हजारले ज्यान गुमाए, लाखौ मानिस भौतिक र मानसिक रुपमा अपाङ्ग भए । २ बर्ष भित्र संबिधान बनाउने म्यान्डेट पाएको संबिधान सभाले १० बर्ष लगाएरनै भएपनि केहि विषमा विवाद रहेपनि जनताको संविधान बन्यो । जनता बोल्ने, लेख्ने अधिकार पाए, संघियता लागु भएपछि स्थानिय सरकार, कानुन निमार्ण र विकासका मार्ग कोर्न पाउने अधिकार पाए ।

प्रचन्डले नेपाललाई सिगापुर वनाउछु भन्ने अधिकार पनि पाए र मुकुन्देले पहाडमा रेल, मधेशमा खेतैखेत, ट्र्याक्टरले खेत जोत्ने, हेलिकप्टरले बीउ छर्ने र करोडौं जनतालाई सुखले पालेर ३६५ दिन नै दशैं बराबर सुख सन्तोष हुने मुकुन्दल्याण्ड बनाछु भन्ने अभियान खुला रुपले चलाउन पाएका छन् । अहिले हजारौ युवाले देश र आफ्ना स्थानिय तह विकासका योजनाहरु अघि सारिरहेका छन् । त्यसेले हामिले पनि मेरो देश तथा जन्मभूमीमा रहेको रघुगंगा गाउँपालिको विकासका लागी यदि म गाउँपालिका प्रमुख भए भने म र मेरो नेतृत्वमा के गर्ने थियौ भनेर आफ्नो बिचारका एक अजुली सपनाहरु बुदागत रुपमा पोख्ने अनुमती चाहन्छु ।

१. शिक्षा नियमावली तथा संरचनानै परिवर्तन : चिन, दक्षिण कोरिया, जापान सिंगापुर र अरबका केहिदेशहरुले छोटो समयमै कसरी यति धेरै प्रगती गर्यो भनेर अध्ययन गर्ने हो भने यि देशको विकासको जग दोस्रो विश्व युद्ध पछि त्यहाँको सरकारले शिक्षा क्षेत्रमा गरेको ठुलो र सहि लगानीनै मुख्य कारण हो भनेर निश्कर्ष निकाल्न सकिन्छ। आज रघुगंगा गाउँपालिकाको शिक्षा क्षेत्रमा आएको वितृष्णाका कारण बार्षिक १० औँ करोड भन्दा धेरै रकम यस गाउँपालिका भन्दा बाहिर गईरहेकहेको छ । यस भेगका २१–३५ बर्षका सयांैं शिक्षित र उर्जा्शिल महिलाहरु सदरमुकाम र अन्य बजारमा पट्यारलग्दो जिन्दगी विताईरहेका छन् । यसले गर्दा गाउँपालिकाको आन्तरिक अर्थतन्त्रमा ठुलो ह्रास आईरहेको छ ।

अहिलेको गाउँपालिकाको शिक्षामा लगानी अन्य क्षेत्रसगँ तुलना गर्ने हो भने केहि बढि नै छ । तर अधिकाशं बजेट शिक्षकहरुको तलव खर्चमै सकिदै आएको छ । अहिले अधिकाशं हाम्रो आधारभुत तहको विद्यालको अवस्था भनेको एउटा शिक्षकले ७–८ जना विद्याथीलाई अध्ययापन गराई रहेका छन् । एउटा वडामा ५–६ बटा आधारधुत तहको विद्यालय संचालन आईरहेका छन् । यसभन्दा अघि भौगोलिक अवस्था, मोटरबाटोको असुबिधा लगायत कारणले एक वडामा ५–६ बटा विद्यालय आवश्यक थियौ तर अहिले एक वडामा एउटा र बढिमा २ बटा विद्यालय भन्दा धेरै आवश्यकता छैन् । तलव खर्चमा नियन्त्रण गरेर शैक्षिक गुणस्तर दिन सकियो भने केहि बर्षमै रघुगंगा गाउँपालिका उत्कृष्ठ गाउँपालिका बन्नेमा कुनै सन्देह छैन ।

हामिले शिक्षा क्षेत्र सुधारका लागी नेपालको संविधान २०७२ ले स्थानिय तहलाई दिएको माध्यमिकतह शिक्षा संचालनका लागी स्थानिय तहको शिक्षा नियमावली तथा ऐन निमार्णको अधिकार सदुपयोग गरि निम्न बुदाहरुलाई प्राथामिकता दिनेछौ ।

क) हरेक वडामा बढिमा दुई बटा सम्पुर्ण सुविधा सहितको विद्यालय संचालन गरिने छ । त्यसको लागि यातायात देखि सबै पूर्वाधार बिकास गरिने छ ।

ख) एक वडामा एउटा माध्यमिक विद्यालय (१–१२) स्थापना गरिने छ र यसा भेगका विद्यालय तहका विद्याथीलाई तेहि विद्यालयमा अध्यापन गराउनका लागी सम्पुर्ण अस्त्र अपनाईने छ ।

ग) विद्यालयको भवन, खेलमैदान, पुस्ताकलय, विद्युतिय पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला लगाएतका सम्पुर्ण सामाग्री डिजिटल गरी अन्तराष्ट्रिय मापदन्डका बनाईने छन् ।

घ) शिक्षणका लागी सम्पुर्ण सेतो पाटीलाई स्मार्ट बोर्डमा रुपान्तरण गरिने छन् ।

ङ) शिक्षण कक्षाका बेन्चहरुलाई शिक्षक विद्याथीमैत्री अण्डाकार रुपमा रुपान्तरण गरिने छ ।

च) शिक्षकको उमेर हद ५० बर्ष बनाउन पहल गर्ने थियौ ।

अ) दफा च मा जे भनियतापनि शिक्षकको कार्यकाल १५ बर्षको मात्र हुनेछ । र यो ऐन लागु हुनुपुर्व शिक्षण पेसामा आवद्ध भएकाहरुलाई पनि यो ऐन लागु हुनेछ ।

आ) दफा च) र अ) मा जे भनेतापनि गाउँपालिकाले शिक्षकहरुलाई लिने चौमासिक परिक्षामा लगातार तिन पटक उत्तिर्ण नभए पदबाट हटाईने छ ।

इ) दफा च), अ) र आ) मा जे भनेतापनि यदि कुनै शिक्षक राजनितीक संग प्रत्यक्ष सम्बन्ध राखेको भेटिएमा स्वत पदमुक्त हुनेछ ।

छ) हाल कार्यरत प्रत्येक शिक्षकले १ बर्ष भित्र गाउँपालिकाबाट संचालित हुने कम्प्युटर सिप परिक्षण परिक्षा पास गरेको हुनुपर्ने छ ।

ज) शिक्षकको तलब प्रदेश सरकारले लागु गरेको भन्दा कम्तिमा १० प्रतिशत बढि हुनेछ ।

झ) प्रत्येक विद्यालयका शिक्षकका लागी विद्युतीय हाजिरी र टिचर ट्याकिङ्ग सिस्टम प्रयोग गरिनेछ ।

२. स्वास्थ क्षेत्रः आज रघुगंगा गाउँपालिकाको आम मानिसमा स्वास्थ्य क्षेत्रले यस भेगका जनतालाई त्यति सन्तुष्टि दिन सकेको छैन् । आज स्थानिय सरकारी स्वास्थ्य चौकि, उप–स्वास्थ्यचौकिमा औषधी प्राय उपलव्ध हुदैनन् तर उहि डाक्टरहरुको हस्पिटल नजिकको औषधालयमा सम्पुर्ण औषधी भेटिन्छन् । सरकारी अस्पतालबाट दिएको औषधीले कहिल्यै राहात मिल्दैन तर उनै डाक्टरहरुले बाहिरबाट दिएको औषधीले राहात मिल्छ । सर्वसाधरणको स्वास्थ्य क्षेत्रमा देखिएको बितृष्णा हटाउन निम्न कार्यहरु गर्ने थियौ ।
क) भौगोलिक अवस्थालाई मध्यनजर गर्दै रघुगंगा गाउँपालिकामा ३ बटा सुविधासम्पन्न हस्पिटल र अयुर्वेद औषधालय संचालन गरिने छ ।
ख) सामान्य रुघाखोकि, ज्वरो, झाडापखला जस्ता सामान्य रोगकालागी एक वडामा २ वटा नर्शको व्यवस्था क मा ब्यबस्था भए बमोजिम समन्वय गरेर राखिनेछ ।

ग) ५० बर्ष कटेका सम्पुर्ण मानिसहरुका लागी कम्तिमा मासिक १ पटक घरमै आई स्वास्थ्य परिक्षणको व्यवस्था गरिने छ ।

घ) आपतकालिन सेवाका लागी एउटा स्वास्थ्य चौकीमा कम्तिमा एउटा एम्बुलेन्सको व्यवस्था गरिने छ ।

ङ) प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य विमा गर्नुपने प्रावधान बनाईने छ ।

३..सामाजिक सुरक्षाको व्यवस्थाः हरेक नागरिकको सुरक्षा गर्नु गाउँपालिकाको दायित्व हो । अहिले केन्द्रिय सरकारको मातहतमा

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । जुन अतिनै न्युन छ । यसले गर्दा अन्य आयस्रोत जस्तै पेन्सन, जग्गाजमिन, आदी नभएकाहरुका लागी जिविको निर्वाह गर्न धौ धौ भईरहेको छ । र अधिकाशं बृद्ध बुवाआमा यहि छोडेर विदेश रोजीरोटीको लागी जाने प्रचलन बढेको छ । यस घटनाले गर्दा बृद्ध बुवाआमाहरुको आर्थिक, समाजिक, शारिरिक सुरक्षाको कमि भैरहेको छ । अपाङ्ग, असाहयहरु सामाजिक हेलामा परिरहेका छन् । यस समस्या समाधानका लागी निम्न कुरा गर्नेछौ ।
अ) एक वडामा एउटा एकिकृत सामाजिक सुरक्षा भवन निमार्ण गरि ईच्छुक बृद्धबृद्धा, अपाङ्ग र सामाजिक सुरक्षा आवश्यक रहेकाका सम्पुर्णका लागी स्वास्थ्थ गासँ, बास, कपास र स्वास्थ्य सेवाको पुर्ण व्यवस्था मिलाईनेछ ।
आ) खाना खानका लागी एउटै मेच वा ईच्छुकहरुका लागी आफै खाना बनाएर खान सक्ने र आवश्यक सामाग्रीहरुको व्यवस्था मिलाईने छ ।

इ) बृद्धबृदाहरु र शारिरिक असक्तहरुका लागी हेरचाह कर्मिको व्यवस्था गरिने छ ।

ई) ईच्छुकहरुका लागी धागो काट्ने, अगरबत्ति बनाउने जस्ता आर्थिक आयआर्जनमुलक कार्यका लागी आवश्यक सहयोग गरिनेछ ।

४. सूचना र प्रविधीः सूचना र प्रविधिको भरपुर उपयोगले मात्र हामीले सोचेको विकास हासिल गर्न सम्भव छ । हामिले यो क्षेत्र सुधारका निम्ती निम्न कुराहरु गर्नेछौ ।
अ) सम्पुर्ण मानववस्ती भएको स्थानमा हाई व्यान्डविथ भएको ईन्टरनेटको व्यवस्था गरिनेछ ।
आ) सम्पुर्ण कार्यालयको कामकाजका लागी आधुनीक सूचना र प्रविधीको भरपुर प्रयोग गरिनेछ ।

५. बेरोजगारी समस्या समाधान र आयकर ः आशा ठुलाठुला देखाईए, आस्वासन पनि सयौ आए तर मुख्य समस्या के हो भनि कसैले अध्ययन गर्ने रुचि राखेन । बेरोजगार समस्या समाधानका लागी अहिले सम्म भाषणका ढड्डा सुनियो, कृषिमा क्रान्ती, आधुनिक खेति तर ७०००–८००० लाई आवश्यक छ रोजगारी कसरी समाधान गर्न सकिन्छ कृषिबाट । कृषि क्षेत्रको भरपुर उपयोग गर्न सक्ने हो भने मात्र १–२ प्रतिशत मानिसहरुले आफ्नो जिविका निर्वाह गर्न सक्छन् । यहाँको भौगोलिक अवस्था, प्राकृतिक स्रोत–साधनको पुर्ण रुपमा उपयोग गर्ने हो भने करिव ५ प्रतिसतले मात्र रोजगारी पाउन सक्छन् ।
अन्यले के गर्ने त ?? सधै गुलाम नै भएर वस्ने त??
जो आएर जति विकासका सिद्धान्त घोकाए पनि हामी अधिकाशंको जवानी बेचिएर जाने हो, स्वदेशकै अन्य भेगमा वा विदेशमा । तर हामीले कसरी बेचिरहेछौ भन्ने मुख्य कुरा हो । आज विदेशी भुमीमा आफ्नो परिवार र सपना पुरा गर्न पसिना चुवाईरहेकाले कस्तो काम गरेर पैसा कमाईरहेका छन् । उनिहरु दक्ष जनशक्ति भएर काम गरिरहेका छन कि दक्ष नभएर पसिना चुवाईरहेका छन् भन्ने मुख्य कुरा हो । दक्ष जनशक्ति उत्पादनका लागी तत्कालका लागी विभिन्न टे«निङ कक्षाहरुको व्यवस्था गरिनेछ । र अहिले माध्यमिक तह अध्ययन गरिरहेका र त्यस पछिका बालालिकालाई लागी एउटा विश्वबजारमा सजिलै विक्ने प्रविधिक तहको स्नातक कलेज स्थापना गर्नेछौ ।
र राज्य संचालनका लागी करको मुख्य भुमिका हुन्छ । आज सरकारी कर्मचारी र यहि व्यवसाय गर्नेहरुले बाहेक अन्य पेसा वा बैदेशिक रोजगारमा गएकाहरुलाई अझ सम्म आयकरको दायरामा ल्याउन सकिएको छैन् । युरोप, अमेरीका लगाएका देशका नागरीक रोजगारीका लागी जुन देशमा गएपनि आफ्नो आम्दानीको निश्चित रकम सरकारलाई आयकरको रुपमा अनिर्वाय रुपमा बुझाउनु पर्ने नियम छ । समृद्ध रघुगंगा गाउँपालिका निमार्णका लागी बैदेशिक रोजगारमा गएकाहरुलाई र नेपालमै रोजगार गरेकाहरु तर करको दायरामा नआएकालाई पनि आएकरको दायरामा ल्याउने प्रयास गर्नेछौ ।

६. कृषि क्षेत्र सुधारः रघुगगां गाउँपालिका कृषि बरदान भुभाग हो । यहाँ अनेक बाली का अथाहा सम्भावना छन् तर कृषि अशिक्षा जस्ता याबत कारण ले यहाँ को उत्पादन ले आकार र गुणस्तर लिन सकेको छैन । यहाँका कृषक मा ब्यावसायीकता र कृषिमा बैज्ञानिकता ल्याउन निम्न पहल गथ्र्यौ ।
क) सबै भन्दा पहिला सबै कृषकलाई तपाइको जग्गामा फल्ने सबै चिज को बजार मा एउटा मूल्य छ भन्ने कुरा बुझाउदै कृषिबाट आम्दानीमा प्रेरित गथ्र्यौ ।
ख) सम्पुर्ण भू–भागको माटो को परिक्षण गरि सम्भावना प्रस्ट पारिदिन्थ्यौ ।
ग) सिचाईका लागी ट्याङ्की निर्माण, प्लास्टिक पोखरी, थोपा सिचाइ जस्ता प्रविधीको प्रयोगले सिचाइ समस्या न्युन गर्ने प्रयास गर्ने थियौ ।
घ) मेहनती कृषकलाई विश्वास ऋणको व्यवस्था गर्ने थियौ ।
ङ) सानो मात्रा भएकाले कतिपय उत्पादन बजार पुग्दैन त्यस्का लागि संकलन केन्द्र स्थापना गथ्र्यौ ।
च) बालि तथा तरकाली र फलफूल को जातिय सुधार र पशुपालनमा ए.आई जस्ता प्रविधीको विकास र कृषि प्राविधीकबाट नियमित अनुगमन गर्ने थियौ ।
छ) बेसार, सिमि, दाल, टिम्मुर, सुन्तला, जस्ता कुरा लाई गाउँमै प्याकिङ र व्राण्ड निमार्ण गरि बजारसम्म पु¥याथ्थौ ।

७. पर्यटन, प्राकृतिक श्रोतको उपयोग, राजनिती, कर्मचारी तन्त्र, स्थानिय व्यवस्थापालिका, कार्यपालीका, न्यायपालिका र लगाएतका अन्य (भाग २ मा प्रकाशित हुनेछ)