चुडामणि शर्माको घरमा नेकपा कार्यकर्ताद्वारा तोडफोड

  • २३ माघ २०७४, मंगलवार
  • 1857 पटक पढिएको

काठमाडौं, २३ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन्।

बुढानिलकण्ठस्थित शर्माको निवासमा नेकपाका कार्यकर्ताले मंगलबार आक्रमण र तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ। कर निर्धारणमा अनियमितता गरेको आरोपमा शर्मा राजस्व विभागको महानिर्देशक पदबाट निलम्बित भएका हुन्। शर्माविरुद्धको फरक फरक मुद्दा विशेष अदालतमा विचाराधिन छ।

-कान्तिपुर