वन कार्यालय म्याग्दीले सार्वजनिक ग¥यो वार्षिक कार्यक्रम

  • २३ माघ २०७४, मंगलवार
  • 1503 पटक पढिएको

म्याग्दी, २३ माघ । जिल्ला वन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षका लागि चालु र पूँजीगत गरी ८२ लाख ८ हजार रुपियाँ वरावरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । मंगबार बेनीमा सरोकारवाला निकायहरु सहितको कार्यक्रम आयोजना गरी वन कार्यलयले आफ्ना कार्यक्रम सार्वजनिक गरेको हो ।

चालु आवमा कार्यालयले चालु र पूँजीगत गरि सामुदायिक तथा कबुलियत वन विकास कार्यक्रममा १५ लाख २० हजार,जडिबुटी विकासमा २९ लाख ४५ हजार,राष्ट्रिय पुनर्निमाण प्राधिकरण तर्फ ५ लाख ८१ हजार,बृक्ष सुधार वृक्षारोपण तथा निजी वन विकास तर्फ १२ लाख रुपियाँ खर्च गरिने भएको छ ।

यसैगरी राष्ट्रिय वन विकास कार्यक्रम तर्फ १९ लाख ६२ हजार रुपियाँ र कार्यालय सञ्चालनका लागि ९ लाख ८ हजार रुपियाँ बजेट उपलब्ध भएको जिल्ला वन अधिकृत माधवप्रसाद देवले जानकारी दिनुभयो । स्थानीय तहको गठन पश्चात अधिकांश कार्यक्रमहरु स्थानीय तहमा नै हस्तान्तरण भएकाले यस वर्षका लागि सिमित मात्रमा कार्यक्रमहरु उपलब्ध भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्रवहादुर केसी र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले स्विकृत कार्यक्रमहरु प्रभावकारी तरिकाले सञ्चालन गर्नुपर्ने बताउदै स्थानीय तह सँग समन्वय गरेर कार्यक्रमहरु गर्न उहाँहरुले सुझाव दिनुभएको थियो । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, कर्मचारी र पत्रकारको सहभागिता रहेको थियो ।