म्याग्दी क्याम्पसमा कबिता कन्सर्ट हुँदै

  • २३ माघ २०७४, मंगलवार
  • 2587 पटक पढिएको

म्याग्दी, २३ माघ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा बिहीबार कविता कन्सर्ट हुने भएको छ । यहि माघ २५ गतेका दिन म्याग्दी बहुमुखी क्याम्प्सको आयोजनामा कबि नवराज पराजुलीको कबिता कन्सर्ट हुने भएको हो।

क्याम्पसमा मंगलबार पत्रकार भेटघाट गरेर कन्र्सट आयोजना गरिएको जानकारी गराईएको हो । कन्र्सटमा कबि पराजुलीले म्युजिक सहित लयवद्ध रुपमा कबिता बाचन गर्नुहुने सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कन्र्सट सञ्चालनका लागि पचास हजार रुपैया खर्च हुने भएको छ । सो अबसरमा म्याग्दी साहित्य संचारका अध्यक्ष घायलश्री र स्ववियू सभापती सावित्रि खत्रीले सो कन्सर्ट साहित्यप्रेमीहरुको लागि ठुलो अवसर रहेको भन्दै कन्सर्टलाई सफल बताउन सबै क्षेत्रबाट सहयोग गरिनुपर्नेमा जोड दिएका थिए ।