लिटील गार्डेनका बालबालीकाको स्वास्थ्य परिक्षण

  • २२ माघ २०७४, सोमबार
  • सन्तोष गौतम
  • 1745 पटक पढिएको

बेनी, २२ माघ । बेनीको लिटील गार्डेन एकेडेमीको पुर्व प्राथमिक तहका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परिक्षण गरिएको छ ।
विद्यालयले आयोजना गरेको शिवीरमा पूर्व प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुको दाँत, आँखा, कान, नाक, घाँटी लगायत स्वास्थ्य परिक्षण गरिएको थियो । नर्सरी देखि कक्षा २ सम्मका २८० जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको विद्यालयले जनाएको छ ।

बेनी अस्पतालका डाक्टर बिराट शर्मा, सञ्जिवनी हस्पीटल प्रा.लीका एचए दिपेश पौडेल, आँखा उपचार केन्द्रका प्राबिधिक र विद्यालयको स्वास्थ्य युनीटका प्रमुख अनिता गौतमले चेकजाँच गर्नुभएको थियो ।

असी प्रतिशत बालबालिकामा दाँतको समस्या देखिएको डाक्टर शर्माले बताउनुभयो । बालबालिकाले बढी मात्रामा गुलीयो र जंक फुड खाँदा दाँत र स्वास्थ्यमा असर पर्ने भएकाले अभिभावकले सावधानी अपनाउनुपर्ने शर्माले सुझाव दिनुभयो ।

स्वास्थ्यकर्मीहरुको टोलीलाई विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, प्रिन्सीपल खुमबहादुर केसीले स्वागत र बिदाई गर्नुभएको थियो । बालबालिकाको स्वास्थ्य अवस्था पहिचान गरि उनिहरुलाई स्वस्थप्रती सचेत बनाउन र उपचार सेवामा पहुँच बढाउन शिवीर आयोजना गरिएको संस्थापक निर्देशक सुवेदीले बताउनुभयो ।

सन्तोष गौतम