कुवापानी चिनाउने म्युजिक भिडियो बजारमा आउँदै

  • १९ माघ २०७४, शुक्रबार
  • 3695 पटक पढिएको

म्याग्दी, १९ माघ । पर्वतको जलजला गाउँपालिका –५ मा रहेको कुवापानी गाउँलाई चिनाउने म्युजिक भिडियो बजारमा ल्याउने तयारी गरिएको छ । कला संस्कृतिको धनी पुन मगर समुदायको बसोबास रहेको कुवापानी गाउँलाई गितसंगीत मार्फत चिनाउनको लागि सो म्युजिक भिडियो बजारमा ल्याउन लागिएको हो ।

राजकुमारी पुनको शब्द, आँसु लामाको संगीतमा चर्चित गायिका गिता पाईजाले स्वर भरेको कुवापानी चिनारी गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागिएको हो ।

 

पुष्कर विवेक थापाले निर्देशनमा देवेन्द्र पुनले छायांकन गर्नुभएको म्युजिक भिडियोमा लक्ष्मी पुन, अञ्जली पुन, गिता पुन लगायतका कलाकारहरुले नृत्य गर्नुभएको छ ।

सो म्युजिक भिडियो निर्माणको लागि स्वदेश तथा प्रवासमा रहेका कुवापानी गाउँका स्थानीयले आर्थिक सहयोग गरेका छन् । जन्मथलो चिनाउन चिनारी गितमा स्वर दिएकी गायीका गिता पाईजाले कला संस्कृति र पर्यटनको सम्भावनालाई उजागर गर्न सो म्युजिक भिडियोले सहयोग गर्ने प्रतिकृया दिईन् ।