अन्नपूर्ण गाउँपालिकाद्धारा खेलाडीहरुलाई सम्मान

  • १९ माघ २०७४, शुक्रबार
  • सुरेन गुरुङ
  • 2886 पटक पढिएको

म्याग्दी, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हालै सम्पन्न छैटौँ म्याग्दी महोत्सवमा सहभागी भएका खेलाडीहरुलाई सम्मान गरेको छ । विहिवार गाउँपालिका कार्यालयद्धारा आयोजित एक कार्यक्रममा म्याग्दी महोत्सवमा विभिन्न विधाको खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

महोत्सवमा आयोजित पुरुष बास्केटवल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका उपबिजेता हुन सफल समेत भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन, उपाध्यक्ष केशमायाँ मगर, प्रमुख प्रशासकिय अधिकृत अच्युत दाहाल लगायत वडा अध्यक्ष एवम सदस्यहरुले खेलाडीहरुलाई सम्मान गरेका थिए ।


सो अवसरमा हालै भारतीय राजदुताबास बाट अन्नपूर्ण गाउँपालिकाको लागि प्राप्त भएको एम्बुलेन्स सञ्चालनको बारेमा समेत छलफल भएको थियो । गाउँपालिका अध्यक्ष पुनले एम्बुलेन्स प्राप्त गर्न भएका प्रयास र सञ्चालनको लागि गरिएको तयारीबारे जानकारी गराउनुभएको थियो ।

सुरेन गुरुङ